समाचार
म्याग्दीका गाउँ गाउँमा युवाको नेतृत्वमा खेलमैदान

विकल्प न्यूज/म्याग्दी असार २७ गते । उत्तरी म्याग्दीको ग्रामिण बस्तीमा खेलमैदान निर्माण कार्यले तिब्रता पाएको छ । नारच्याङ, शिख, घार, टिकोट, नांगीमा स्थानीय युवाहरुको सक्रियतामा सुबिधासम्पन्न खेलमैदान निर्माण भएको हो । मैदान निर्माण भएपछि खेल प्रशिक्षण र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । खेलको माध्यमबाट युवाहरुले प्रतिभा प्रस्फुटनको अवसर पाएका छन् । बिशेष […]
म्याग्दीमा आलुबाट गाउँमा करोडौ भित्रिदै

सडक सुबिधासंगै आलुले बजार पायो एउटै गाउँबाट डेढ करोडको आलु निकासी पुरै गाउँको आयस्रोत आलु मकै र कोदोको विकल्पमा आलु खेती राम्चेलाई आलु गाउँ घोषणा गर्ने तयारी सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,असार २७ गते । म्याग्दीको हिस्तान ३ टिकोटका धन तिलीजाले हालै ४५ मुरी आलु पोखरा लगेर बेच्नुभयो । गत वर्ष आलु बेचेर एक लाख ९० […]
विद्युतगृहमा बाढी पसेपछि रुमखोला लघुजलविद्युत परियोजना बन्द

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार । म्याग्दीको निस्कोट ३ मा रहेको रुम खोला लघुजलविद्युत परियोजनाको विद्युतगृहमा बाढी पसेपछि विद्युत उत्पादन बन्द भएको छ । ५१ किलोवाट क्षमत्ताको परियोजनाको विद्युतगृह भन्दा माथि खनिएको सडकबाट शनिबार राती आएको बाढीले टर्वाइन लगायतका उपकरणहरुमा क्षत्ती भएको छ । परियोजना बन्द हुँदा सात सय घरधुरी उपभोक्ता प्रभावित भएका परियोजनाका […]
गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा कार्की चयन

विकल्प न्यूज/बेनी असार २७ गते । बेनपा –९मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार पाँचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रुद्रबहादुर कार्की अध्यक्षतामा १३ सदस्यीय प्रवन्ध समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा भीमनाथ पराजुली, सचिवमा माधवप्रसाद रेग्मी र कोषाध्यक्षमा बमबहादुर पुन रहनुभएको छ । सदस्यहरुमा अमरबहादुर बस्नेत, अङ्गत श्रेष्ठ, पूर्णबहादुर बानियाँ, अजिता […]
बेनीमा फेवा बैंक

विकल्प न्यूज/बेनी असार २७ गते । फेवा विकास बैंक लिमिटेडले बेनीमा शाखा स्थापना गरेको छ । पोखराको चिप्लेढुङ्गामा मुख्य कार्यालय रहेको बैंकले बेनीको हुलाकचोकमा ३० औ शाखा स्थापना गरेको हो । शाखाको सोमबारदेखि कारोबार शुभारम्भ हुने जनाइएको छ । कर्जा लगानी, निक्षेप संकलन रेमिटेन्स लगायतका सेवा प्रवाह हुने शाखा प्रबन्धक कुमार ढुङ्गानाले बताउनुभयो । आवास, […]
स्थानीय शान्ति समिति म्याग्दीको संयोजकमा रेग्मी चयन

विकल्प न्यूज/बेनी असार २५ गते । स्थानीय शान्ति समिति म्याग्दीको संयोजकमा रेखाकौशल रेग्मी चयन हुनुभएको छ । समितिको शनिबार सम्पन्न ४६ औ बैठकले साउन १ गतेदेखि छ महिना सम्मका लागि रेग्मीलाई संयोजकमा चयन गर्ने निर्णय गरेको हो । रेग्मीले स्थानीय शान्ति समितिमा महिला मानव अधिकार रक्षकको सञ्जालको तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको छ । साउन १ […]
फोहोर ब्यवस्थापन र योजना सञ्चालन प्रक्रियालाई सहज बनाउन नगरवासीको माग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ असार । बेनी नगरपालीका कार्यालयसंग सेवाग्राहीहरुले फोहोर ब्यवस्थापनमा ध्यान दिन र योजना सञ्चालन प्रक्रियालाई सहज बनाउन माग गरेका छन् । नगरपालीकाले शनिबार बेनी स्थित जिविस सभाहलमा आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागि नगरबासीले यस्तो माग गरेका हुन् । अधिकांश सहभागीले नगरपालीकाको योजना सञ्चालनका क्रममा पेश्कि नदिने नितीगत ब्यवस्थाका कारण उपभोक्ता […]
परोपकारी कार्यमा सक्रिय बन्दै म्याग्दी एकता सेवा समिति युएई

जे.सागर युएई/विकल्प न्यूज असार २५ गते । युएईमा कार्यरत म्याग्दीबासी नेपालीहरुको संस्था म्याग्दी एकता सेवा समिति , युएई समाजसेवाको कार्यमा सक्रिय हुन थालेको छ । २०१४ डिसेम्बरमा गठन भइ समाजसेवाका विभिन्न कार्यमा आफूलाई सहभागी गराउँदै आएको समितिले यसअघि म्याग्दी स्थित श्री त्रिभुवन मंगला मा।बि।लाई यस अघिनै करिब ६५ हजार रुपैया आर्थिक सहयोग गरिसकेको छ भने […]
तनहुँका पत्रकारद्धारा म्याग्दीको सरसफाइ र स्वच्छताबारे अवलोकन

विकल्प न्यूज/बेनी म्याग्दी,असार २४ गते । म्याग्दी जिल्लाको सरसफाई र स्वच्छताको बारेमा अवलोकन गर्न आएका तनहुँका पत्रकारहरुसंग बेनीमा अन्र्तक्रिया गरिएको छ । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर बहादुर अघिकारीको नेतृत्वमा बेनीमा आएको टोलिलाई खानेपानी ,सरसफाइ तथा स्वच्छा (वास) पत्रकार मञ्च नेपाल म्याग्दीले स्वागत गरेको थियो । मञ्चको आयोजनामा भएको स्वागत कार्यक्रममा बोल्दै स्थानीय विकास […]
ठेकेदारको लापरबाहीले फड्केढुङ्गा लेकफाँट पर्यटकीय सडक आयोजना अलपत्र

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ असार । निर्माण व्यवसायीको लापरबाहीका कारण उत्तरी पर्वतको फड्केढुङ्गा लेकफाँट पर्यटकीय सडक आयोजना अलपत्र परेको छ । सडक डिभिजन कार्यालय बागलुङद्धारा चालु आर्थिक वर्षमा दश लाख बजेट बिनियोजन भएको आयोजनाको काम गर्न ठेक्का सम्झौता गरेको निर्माण कम्पनी आर्थिक वर्ष सकिन आठ दिन बाँकी रहँदा पनि कार्यक्षेत्रमा उपस्थित भएका छैनन् । […]
आर्थिक वर्षको अन्त्यमा मालढुङ्गा बेनी सडक मर्मतको काम सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ असार । म्याग्दी, मुस्ताङ जिल्ला र उत्तरी पर्वतलाई राष्ट्रिय राजमार्गसंग जोड्ने मालढुंगा–बेनी सडक मर्मतको काम आर्थिक वर्षको अन्तमा आएर सुरु भएको छ । पर्वतको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक मर्मत गर्ने काम आर्थिक वर्ष सकिनै लाग्दा धमाधम भैरहेको छ । सडक मर्मतका कारण सवारी आवागमनमा समस्या […]
शान्ति समितिको भुमिका सम्बन्धि अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ असार । बेनीमा बिहीबार स्थानीय शान्ति समितिको भुमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शान्ति समितिलाई सक्रिय र प्रभावकारी बनाएर समाजमा द्धन्द्ध न्युनीकरण गरि शान्ति कायम गर्न पहल गर्ने उद्देश्यले बेनी नगरपालिका कार्यालय र नगर स्तरीय शान्ति समितीको आयोजनामा अन्तरक्रिया गरिएको हो । कार्यक्रमको प्रमुख जिल्ला अधिकारी केशवराज […]
कोरला नाका सञ्चालनका लागि सरकारद्धारा भौतिक र सुरक्षा तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ असार । उच्च स्तरीय सरकारी टोलीले बिहीबार चीनको स्वशासीत क्षेत्र तिब्बतसंग सिमा जोडीएको कोरला नाकाको बस्तु अवस्था अध्ययन गरेको छ । उपप्रधान तथा रक्षामन्त्री भिम रावल, उर्जामन्त्री टोपबहादुर रायमाझी, भौतीक योजना तथा निर्माणमन्त्री बिजयकुमार गच्छदार, पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको टोलीले सिमा क्षेत्रमा पुगेर त्यहाँको […]
कोरला नाकाको सुरक्षा र पूर्वाधार अवस्था बुझ्न सरकारी टोली लोमान्थाङमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ असार । चीनको स्वशासीत क्षेत्र तिब्बतसंग सिमा जोडीएको कोरला नाकाको सुरक्षा र पुर्वाधार अवस्थाको बारेमा जानकारी लिन सरकारी टोली बिहीबार उपल्लो मुस्ताङ गएको छ । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सहित चार जना विभागीय मन्त्री, मन्त्रालयका सचिव, सांसद लगायत सहभागी १५ जनाको टोली नेपाली सेनाको हेलीकप्टर […]
बैसरीमा झोलुङ्गे पुल बन्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ असार । म्याग्दीको राम्चे ९ र भगवती २ को सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण भएको छ । २०७२ जेठ १० गते राती राम्चे ९ काफलडाँडाको पहिरोले बैसरीमा रहेका दुई वटा झोलुङ्गे पुल पुरेको थियो । पुल पुरीएपछि काठको अस्थाई साँघु बनाएर कालीगण्डकी नदी तर्दै आएका सर्वसाधारणलाई […]