समाचार

मिडिया अवार्डबाट पत्रकार गौतम सम्मानित

विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार मिडिया सोसाइटी अवार्ड–२०७८ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा सात हजार ८६५ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले […]

पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको अधिवेशन सम्पन्न (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको पाँचौं साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रकार टोड्के स्थित टोड्के हिल रिसोर्टमा सम्पन्न संस्थाको अधिवेशनले पुन कमल खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिकृष्ण गौतम,सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य,सहसचिव राकेश शर्मा र सदस्यहरुमा सन्तोष […]

जलजलाका किसानले खोलेको कृषि बजार प्रभावकारी

विकल्प न्यूज/बेनी मंसिर २२ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाका किसानहरुले खोलेको कृषि बजार प्रभावकारी भएको छ । कृषिजन्य उत्पादनले मूल्य नपाएपछि किसानहरुले एकवर्ष अघि सामुहिक रुपमा कृषि बजार खोलेका हुन । कृषकले उत्पादन गरेका ताजा तरकारी र फलफुललाई सिधै उपभोक्ता समक्ष पु¥याउन जलजलाको ४ मोहनचोक र म्याग्दीको सदरमुकाम बेनीबजारमा कृषि बजार सञ्चालित छ । […]

भूरुङ तातोपानीमा २५ करोड लगानीमा होटल सञ्चालनको तयारी (भिडियो)

विकल्प न्यूज\बेनी मंसिर २२ गते । कालिगण्डकी कोरिडोरमा अहिले सम्मकै ठूलो होटल सञ्चालनको तयारी गरिएको छ । बेनीमा विगत २५ वर्ष देखि व्यवसाय गर्दै आउनुभएका राजु हामलले करिब २५ करोड रुपियाँ भन्दा बढी लगानी गरेर अन्नपूर्ण गाउँपालिका ४ भूरुङ् तातोपानीमा न्यूचुरल होटल स्प्रिङ सञ्चालनको तयारी गर्नुभएको हो । यतिखेर होटलका लागि ७ तले भवन निर्माण […]

बेनीमा जेसीज कप फुटबल प्रतियोगिताको १९ औं संस्करण सुरु (फोटो)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीमा बुधबार देखि १९ औं जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगितामा जिल्लाभरबाट २१ विद्यालयको सहभागिता रहेको  जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता मंगलबार उद्घाटन गरिएको थियो । प्रतियोगिता मंसिर २५ गतेसम्म संचालन हुने छ । […]

जन्मदिनको अवसरमा कोषलाई ५० हजार सहयोग

विकल्प न्युज/ बेनी मंसिर २१ गते ।  आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवाका तुल्मराज […]

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौँ — नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यसका बारे जानकारी दिन मन्त्रालयलले अहिले पत्रकार सम्मेलन गरिरहेको छ । ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

काँग्रेस गण्डकी कार्यसमितिमा म्याग्दीबाट अनोद र विमला विजयी

विकल्प न्यूज/बेनी मंसिर १९ गते । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी हुनुभएको छ । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले ५३४ र बानियाँले ५२९ […]

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी

विकल्प न्यूज/काठमाण्डौं मंसिर १९ गते ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी […]

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी

विकल्प न्युज/ पाेखरा मंसिर १९ गते । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् । केही मतगणना गर्नु अगावै उनी निर्वाचित भएका हुन् । मत गन्न बाँकी छ । तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि उनको जित सुनिश्चित भएको हो । शर्मा पौडेल कोइराला समूहका […]

गण्डकीमा काँग्रेस अधिवेशन : सकियो मतदान, आजै मतगणना हुने

 विकल्प न्यूज/पोखरा मंसिर १८ गते ।    गण्डकी प्रदेशमा नेपाली काँग्रेस अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान सुरु भएको मतदान साँझ सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । गण्डकीमा काँग्रेसका एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन […]

गलेश्वरमा शतवीज छर्ने भक्तजनको चहलपहल (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १७ गते । म्याग्दीको प्रशिद्ध गलेश्वरधाममा बालाचतुदर्शीका दिन (आज) सदवीज छर्ने भक्तजनहरुको चहलपहल देखिएको छ । कोरोना महामारीका लामो समय देखि सुनसान बनेको मन्दिरमा आज भने भक्तजनको चहलपहल भएको हो । सतवीज छर्न म्याग्दीका साथै बागलुङ,पर्वत लगायतका जिल्लाहरुबाट भक्तजनहरु आएका छन् । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका […]

सभापति खम्बिरको अङ्गालोले दिन खोजेको सन्देश

विकल्प न्यूज /बेनी मंसिर १५ गते । बुधवार विहान नेपाली कांग्रेसको बेनी स्थित पार्टी कार्यालयमा भिन्न दृश्यहरु देखिएका थिए । काँग्रेसको आसन्न १४ औं महाधिवेशन र प्रदेश अधिवेशनका लागि म्याग्दीबाट उम्मेदवार घोषणा कार्यक्रम राखिएको थियो । संविधानसभा सदस्य तथा पूर्व पार्टी सभापति रेशमबहादुर बानियाँले केन्द्रिय सदस्यका लागि र पूर्व जिल्ला सहसभापति नेत्रबहादुर महतले गण्डकी प्रदेशको […]

म्याग्दीका नेता बानियाँ र महतद्धारा कांग्रेसको केन्द्रिय सदस्य र प्रदेश उपसभापतिमा उम्मेदवारी घोषणा

विकल्प न्यूज/बेनी मंसिर १५ गते ।   नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा म्याग्दीका नेता रेशमबहादुर बानियाँ र गण्डकी प्रदेश कार्यसमितिको उपसभापतिमा नेत्रबहादुर महतले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधबार काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर नेता द्धायले जिल्ला पार्टी सभापति र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई साक्षी राखेर उम्मेदवारी घोषणा गर्नुभएको हो । […]

भगवतीमा तरुण दल गठन

विकल्प न्युज/ बेनी मंसिर ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ । नेपाल तरुण दल वडा ईकाइ समिति पुनर्गठन, संगठन विस्तार र सृदृढीकरण अभियान अन्तरगत शनिबार भगवति कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन भण्डारीको अध्यक्षमा ८१ सदस्यी तरुण दल वडा इकाइ समिति गठन भएको […]