समाचार
म्याग्दीमा थपिए ४९ जना काेराेना संक्रमित
विकल्प न्युज/बेनी माघ १० गते । साेमबार म्याग्दीमा थप ४९ जना काेराेना संक्रमित थपिएका छन् ।
महामारीमा अग्रपङ्तीमा खटिएका एम्बुलेन्स चालकलाई कोरोना पुष्टी
विकल्प न्यूज \ बेनी माघ ८ गते । कोभिडको पहिलो र दोस्रो लहरका विरामीहरुको सेवामा निरन्तर जुटेका म्याग्दीका दुई जना एम्बुलेन्स चालकलाई तेस्रो लहरले भने छाडेन । कोभिड महामारीका समयमा न भोक न तिर्खा नभनी सेवामा खटिएका बेनी अस्पतालका एम्बुलेन्स चालक द्धाय गोपी गौतम र केशर शेरपुञ्जालाई पनि शनिबार कोरोना पुष्टि भएको हो । कोरोना […]
धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट
गलकोट, माघ ९ गते । धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ । अहिले उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको […]
क्यान्सर पीडित बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनको सहयोग
विकल्प न्यूज\बेनी माघ ७ गते । आन्द्राको क्यान्सर रोगबाट ग्रसित बेनी नगरपालीका–२,बगरफाँट निबासी बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । बिगत ८ महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको अवस्थामा उपचार लम्बिएपछि आर्थिक अभाव भएको समाचार बेनीअनलाइन लगायतका संचारमाध्यममा प्रकाशित भएपछि फाउण्डेशनले नगद १० हजार सहयोग गरेको हो । फाउण्डेशनका अध्यक्ष […]
म्याग्दी उद्योग बाणिज्य संघको २८ औं साधारणसभा सुरु
विकल्प न्यूज/बेनी माघ ७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । शनिबार संघको सभाहलमा जुम मार्फत सुरु भएको साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठले उदघाटन गर्नुभयो । संघले कोरोना महामारीलाई मध्यनजर गर्दै संघको सभाहलमा उद्घाटन समारोह र बन्द सत्रलाई जुम मार्फत […]
म्याग्दीमा संक्रमण बढ्दो – सक्रिय संक्रमित एकसय ४० पुगे
विकल्प न्यूज\बेनी माघ ७ गते । कोरोनाको तेस्रो लहर सुरु भएसँगै म्याग्दीमा पनि कोरोना संक्रमितको संख्यामा बढ्दो छ । दैनिक रुपमा संक्रमित थपिदै गएका छन् । विहिवार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने शुक्रबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय चालिस […]
२४ घण्टामा १० हजार ५२ संक्रमित थपिए : चार जनाको मृत्यु
काठमाडौं, माघ ६ गते । पछिल्लो २४ घण्टामा १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा आधामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी ६ हजार चार सय ९० जनाको एन्टीजेन परीक्षण गर्दा २२ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । […]
बेनी–जोमसोम सडक दैनिक छ घण्टा बन्द हुने
विकल्प न्यूज\बेनी माघ ६ गते । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले राष्ट्रिय गौरबको उत्तर(दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समयतालिका लागू गर्ने निर्णय गरेको […]
म्याग्दीमा आज ४४ जना कोरोना संक्रमित थपिए
विकल्प न्यूज\बेनी माघ ६ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट २२ र पिसिआर परिक्षणबाट २२ गरी ४४ जना कोरोना संक्रमित थपिएको जनाएको छ । पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका साथै म्याग्दीमा […]
म्याग्दीमा कोरोना संक्रमण बढेसँगै मापदण्ड कार्यन्वयनमा कडाई
विकल्प न्यूज\बेनी माघ ५ गते कोरोना भाइरसको तेस्रो लहर सँगै जिल्लामा संक्रमणको दरमा वृद्धि हुनथालेपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरेको छ । कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले बुधवार ८ बुँदे निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार जिल्लाभरका विद्यालयहरु १० दिनका लागि बन्द गर्ने धार्मिक स्थल र तातोपानीका […]
रघुगंगाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना ः अत्यावश्यक बाहेकका सेवा बन्द
विकल्प न्यूज\बेनी माघ ५ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । […]
म्याग्दीमा आज १९ जना कोरोना संक्रमित थपिए
विकल्प न्यूज \बेनी माघ ५ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट ११ र पिसिआर परिक्षणबाट ८ गरी १९ जना कोरोना संक्रमित थपिएको जनाएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । पछिल्लो समय […]
भोली देखि १५ गते सम्म बेनी नगरका शैक्षिक संस्थाहरु बन्द
विकल्प न्यूज \ बेनी माघ ५ गते । कोरोना संक्रमण बढे सँगै बेनी नगरपालिका भित्रका सवै विद्यालयहरु माघ ६ देखि १५ गते सम्मका लागि बन्द गरिने भएको छ । पछिल्लो समय बालबालिकाहरुमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय भएको बेनी नगरपालिकाले जनाएको छ । वढदो कोरोनाको जोखिम लाई […]
कांग्रेस म्याग्दीका संस्थापक सभापति बोगटीको २६ औं स्मृति दिवस मनाइयो
विकल्प न्यूज \बेनी माघ ४ गते । नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूजिल्लामा कांग्रेसको जग बसाउन स्वर्गिय बोगटीले खेलेको भूमिकालाई आत्मसाथ गरी पार्टीलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । स्मृति दिवसको उद्घाटन गदैं नेपाली कांग्रेसकी […]
एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि
४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ […]