समाचार

गायक किरण पुनको ‘अगेनामा चुलो’ गीत सार्वजनिक

विकल्प न्यूज/बेनी फागुन २१ गते । म्याग्दीका लोकप्रीय गायक किरण पुनको लोक दोहोरी गीत अगेनामा चुलो सार्वजनिक भएको छ । गायक पुन र चर्चित लोक दोहोरी गायीका शान्ति श्री परियारको आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियो किरण पनु युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा किरण पुनको शव्द र राकेश शोनीको संगीत तथा एरेन्ज रहेको […]

रत्नेचौरमा धार्मिक महोत्सवको तयारी

विकल्प न्यूज/बेनी फागुन २१ गते । पछिल्लो समय तोरीवारीका कारण भाइरल बनेको बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । रत्नेचौरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न फागुन २३ देखि एकहप्ता सम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारीका वारेमा शनिबार आयोजकले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले […]

‘पार्टीले टिकट दिए पालिका अध्यक्ष लड्छु’

ठाकुरप्रसाद आचार्य \म्याग्दी फागुन २० गते । लठ्ठीको साहाराले हिडडुल गर्नुहुन्छ । कपाल फुलेर सेतै भएको छ । उमेरले डाडा काटिसकेको छ । तर विचार र हिम्मत भने युवाको भन्दा कम छैन । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटका वडा अध्यक्ष बयासी वर्षीय दिलिप शेरचनको सामाजिक सेवाप्रतिको जोसजाँगर हिम्मत देख्दा सबैजना छक्क पर्ने गर्दछन् । पच्चायतकालमा […]

रघुगंगा जलविद्युत आयोजनाका कर्मचारीबाट गाउँ पुग्यो नक्कली नोट

विकल्प न्यूज\बेनी फागुन २० गते । म्याग्दीमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरबाट एक हजार रुपैयाँको दुई थान नक्कली नोट भेटिएको छ । रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको हो । आयोजनाको अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान […]

अनेरास्ववियु जलजलाको संयोजकमा निकिता क्षेत्री चयन

विकल्प न्यूज/जलजला फागुन १८ गते ।  नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु जलजला गाउँपालिकाको संयोजकमा निकिता क्षेत्री चयन हुनुभएको छ । विहिवार मिलनचोकमा भएको नेकपा एमालेको पार्टी प्रशिणमा क्षेत्रीलाई पालिका संयोजकको जिम्मेवारी तोकीएको पालिका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो । अनेरास्ववियुको पालिका स्तरमा संगठन विस्तार गर्ने र चाँढै नै भेला गरेर नयाँ कमिटी निर्माण गर्ने जिम्मेवारी दिइएको […]

जलजलामा कर सचेतना कार्यक्रम

गोबिन्द अधिकारी /जलजला फागुन १८ गते । आन्तरीक राजश्व कार्यालय बागलुङको आयोजना र जलजला कृषक समुहको संयोजनमा जलजला गाउँपालिका ७ मिलनचोकमा आज कर सचेतना तथा आर्थिक ऐन २०७८ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिकामा बिभिन्न व्यवसाय विस्तार भएको अवस्थामा करको दायरामा ल्याउन र करदाताहरुलाई करको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको आयोजकले […]

याम किसानको उपचारमा अष्ट्रेलियाबाट ९० हजार सहयोग

विकल्प न्यूज/बेनी फागुन १८ गते । मुटु रोगी म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतका दलित अगुवा याम किसानको उपचारमा अष्ट्रेलियामा रहेका म्याग्देलीले ९० हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । बेनी विरेन्द्रचोक घर भई हाल अष्ट्रेलिया रहेका हिक्मत श्रेष्ठको अगुवाईमा संकलन भएको ९२ हजार ६१० रुपैयाँ संककलन गरी र्सिजना भट्टचन र जेनेश श्रेष्ठले याम किसान उपचार अभियानका उपसंयोजक […]

निर्माण व्यवसायी महासंघ गण्डकीको उपाध्यक्षमा जिसीको उम्मेदवारी

विकल्प न्यूज\बेनी फागुन १८ गते । नेपाल निर्माण व्यवसायी महासंघ गण्डकीको आशन्न अधिवेशनमा नारायण जिसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। गन्डकी प्रदेश उपाध्यक्षमा अहिलेसम्म ४ जनाको दाबी रहने देखिएको छ। जसमध्य नारायण जिसी शक्तिशाली उम्मेदवार हुन्। जिसीसँग म्याग्दि जिल्लाको निर्माण व्यवसाय महासंघमा दुई पटक अध्यक्षको जिम्मेवारीमा रहेर प्रभावकारी काम गरेको अनुभव छ। म्याग्दीमा जिसी […]

बेनीको एकतर्फी यातायातको समर्थनमा म्याग्दी चेम्बर अफ कमर्श

विकल्प न्यूज/बेनी फागुन १८ गते । बेनीमा लागू गरिएको एकतर्फी यातायातको पक्षमा निजी क्षेत्रको एउटा छाता संगठन म्याग्दी चेम्बर अफ कमर्शले विज्ञाप्ती मार्फत समर्थन जनाएको छ । एकतर्फी नियमलाई निरन्तरता दिने वा नदिने विवाद चलिरहेका समयमा कमर्शले उक्त विज्ञप्ती निकालेर पुरै बजार क्षेत्रमा नियम लागू गर्नुपर्ने माग गरेको हो । गत पुस १ गतेदेखि बेनीमा […]

मौवाफाटँमा माओवादीको कार्यालय स्थापना

विकल्प न्यूज \बेनी फागुन १४ गते ।  नेकपामाओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटीकार्यालय स्थापना गरेको छ। आगामी स्थानीयतहलक्षित गरे शनिबार मौवाफाँटमा स्थापनाभएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्यविनोद केसीले गर्नुभएको हो । पाटी कार्यालय स्थापनाको अवसरमा नेकपाएमाले र नेपालीकांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता प्रवेश गरेका थिए ।नेपालीकांग्रेसका पुर्व जिल्लाआमन्त्रित सदस्य र हालक्रियाशिल सदस्यरघुगंगा […]

पर्वत बेनी खानेपानीको चौथो साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी फागुन १४ गते । पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो वार्षिक साधरणसभा शनिबार पर्वत बेनीमा सम्पन्न भएको छ । जलजला गाउँपालिकाका २,३ र ४ नम्बर वडाका बगरफाँट,पर्वत बेनी र लामाखेतका ६ सय ६४ घरधुरीलाई खानेपानी सुविधा दिँदै छ । साधारणसभाको उदघाटन गर्दै जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले खानेपानीको समस्या भएका वस्तीहरुमा […]

मिलनचोकको स्वास्थ्य शिविरबाट दुईसयले सेवा लिए

विकल्प न्यूज/बेनी फागुन १४ गते ।    पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट करिब दुईसय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखा सँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन,दन्तरोग विशेषज्ञ कृष्ण सुवेदी […]

गुप्तेश्वर क्याम्पसमा बिदाई कार्यक्रम

विकल्प न्यूज\पर्वत फागुन १२ गते ।   पर्वतको कुश्मास्थीत गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहको व्यवस्थापन संकायतर्फका विद्यँर्थीहरुलाई बिदाई गरिएको छ । चार वर्षे व्यवस्थापन संकाय अन्तर्गत अन्तिम वर्षको परिक्षा सम्पन्न गरेका विद्यँर्थीहरुलाई बिहिबार एक कार्यक्रमको आयोजना गरेर क्याम्पसले हार्दिकताका साथ बिदाई गरेको हो । स्नातक तहमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई सामुहिक भेला गराएर क्याम्पसले चार […]

धाइरिङका माओवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

विकल्प न्यूज/जलजला फागुन १२ गते । पर्वतको जलजला ७ धाइरिङ सल्यानका स्थानीय माओवादीका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यका उम्मेदवार बन्नुभएका दलित अगुवा तथा माओवादीका स्थानीय नेता मनबहादुर नेपालीको नेतृत्वमा २५ जनाभन्दा बढी सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन […]

मालढुङ्गा – बेनी सडक धमाधम निर्माण हुँदै

ठाकुरप्रसाद आचार्य/बेनी फागुन १० गते । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कतिपय पूर्वाधार विकास योजनाहरु अलपत्र परेका धेरै उदाहरणहरु छन् । तर यहाँको एक योजनामा भने निर्माण व्यवसायी सम्झौता समयअवधि भित्रै काम सम्पन्न गर्ने लक्ष्य सहित निर्माणमा जुटेका छन् । आवश्यक संख्यामा मजदुर र उपकरण परिचालन गरेर निर्माणलाई तिव्रता दिएका छन् । राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर […]