समाचार

मंगला गाउपालिका वडा नं ३ को वडा अध्यक्षमा माओवादीका याम रोका विजयी

विकल्प न्यूज/बेनी जेठ १ गते । मंगला गाउँपालिका ३ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका याम रोका विजयी हुनुभएको छ ।

मालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा विजयी

विकल्प न्यूज\बेनी जेठ १ गते ।   म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । आइतबार दिउसो सम्पन्न मतगणना अनुसार अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मि देवी पुन विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गर्बुजाले ३०९१ र उपाध्यक्षले ३१६७ मत प्राप्त गर्नुभएको छ । यसैगरी […]

गठबन्धनलाई पराजित गर्दै जलजला ४ मा नेकपा एमाले विजयी

विकल्प न्यूज/जलजला जेठ १ गते । पर्वतको जलजला गाउँपालिका ४ नम्बर वडामा मा नेकपा एमाले विजयी भएको छ । आइतबार विहान वडाको सम्पन्न मतगणना अुनसार एमालेका भरत क्षेत्रले ६७९मत प्रााप्त गरि विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका भिष्म मल्लले ४९० मत ल्याउनु भयाे । यसैगरी महिला सदस्यमा बवि सुवेदी,दलित महिला सदस्यमा […]

म्याग्दीका १५ वडामा मतगणना सम्पन्न ः नेकपा एमालेको अग्रता

विकल्प न्युज/ बेनी जेठ १ गते । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडाहरुमध्ये १५ वटा वडाको मतगणना सम्पन्न भएको छ । आइतबार बिहानसम्म सार्वजनिक भएको वडाहरुको मतपरिणाम अनुसार ७ वटा वडामा नेकपा एमालेले जित हाँसिल गरेर पहिलो बनेको छ भने नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेका छन् […]

मालिका ४ को वडा अध्यक्षमा कांग्रेसका भेजेन्द्रमान पुन बिजयी

विकल्प न्युज/ बेनी वैशाख ३१ गते । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा भेजेन्द्रमान पुन बिजयी भएका छन् । शनिबार साँझ सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार ४२९ मत लिएका छन् । प्रतिद्धन्दी माओवादीका रेशम पुनले ३६८ ,एमालेका गोपाल कंडेलले २०७ र मंगोलका दलप्रसाद पुनले ६ मत […]

मालिका २ रुमको वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी

बेनी, ३१ बैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । वडाअध्यक्षमा उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । रुममा वडासदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्कलाल दर्जीले […]

पर्वतको जलजला २ मा एमालेको प्यानल नै विजयी

विकल्प न्यूज/जलजला बैशाख ३१ गते । नेकपा एमालेले जलजला २ मल्लाजमा पनि जित हासिल गरेको छ । एमालेका उम्मेदवार प्रकाश जिसी भारी मतन्तरका साथ विजयी हुनुभएको हो । शनिबार साँझ सम्पन्न वडाको मतगणना अनुसार वडा अध्यक्षका उम्मेदवार जिसीले ६४५ र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोविन्द खत्रीले ४०२ मत प्राप्त गर्नुभएको छ । यसैगरी महिला […]

अन्नपूर्ण १ दोबामा नेकपा एमालेको प्यानल विजयी

 विकल्प न्यूज/बेनी बैशाख ३१ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका, १ दोवाको मत गणना सकिएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेका दिलिपकुमार गर्वुजा ३ सय ३२ मत लिएर प्यानलै विजयी भएका छन । निर्वाचन अधिकृत जानुकार सुवेदीका अनुसार अन्नपूर्ण गाउँपालिका, १ दोवाको अन्तिम मत गणना गर्दा पालिका अध्यक्षमा एमालेका भरतकुमार पुनले ३ सय ४१, र उपाध्यक्षमा […]

रघुगंगा १ बेगखोलामा नेपाली काँग्रेसका विल बहादुर फगामी सहित प्यानल विजयी

विकल्प न्यूज/बेनी बैशाख ३१ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा नेपाली काँग्रेसका विल बहादुर फगामी विजयी हुनुभएको छ । शनिबार दिउसो सम्पन्न वडाको मतगणनामा फगामीले चार सय ३२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका धनबहादुर गर्बुजाले ३ सय ५४ मत प्राप्त गनुभयो । यसैगरी पालिकाका अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर […]

मालिका १ निस्कोटमा नेपाली काँग्रेस विजयी

विकल्प न्यूज/बेनी बैशाख ३१ गते । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा नेपाली काँग्रेसका उम्मेदवार टंकप्रसाद पुन विजयी हुनुभएको छ । शनिबार विहान सम्पन्न वडा नम्बर १ को मत गणनामा टंकप्रसाद पुनले ४६२ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेद्वार बुद्धीबहादुर पुनले ४०७ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार […]

म्याग्दीमा बेनी नगर सहित पाँच स्थानीय तहमा मतगणना सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३१ गते । म्याग्दीको बेनी नगरपालिका सहित जिल्लाका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा भर्खर मतगणना सुरु भएको छ । शनिबार विहान सर्वदलीय वैठक बसेपछि जिल्ला समन्वय समतिको सभाहलमा वडा नम्बर १ रत्नेचौरबाट मतणना थालिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । यस्तै जिल्लाका मंगला,मालिका,रघुगंगा […]

जलजला १ बासखर्कमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

विकल्प न्यूज/जलजला बैशाख ३१ गते । पर्वतको जलजला गाउँपालिका १ बासखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ मत प्राप्त गर्नुभएको छ । जम्मा खसेको मत ः ६२१ ः […]

म्याग्दीमा ५६ हजार ५८३ जनाले गरे मतदान

विकल्प न्यूज/बेनी बैशाख ३० गते ।  म्याग्दीको स्थानीय तहमा मतदान सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिका  निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको छ । आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधिमा मतदान सकिएलगत्तै मतपेटिका संकलन भइरहेको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा ८५ हजार ३ सय […]

म्याग्दीका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३० गते । म्याग्दीका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । जिल्लामा रहेका ७४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता […]

मतदानस्थलमा मोबाइल लान नपाइने

काठमाडौं, वैशाख ३० गते । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय निर्वाचनको मतदानस्थलमा मोबाइल, क्यामरा वा फोटो खिच्ने जस्ता अन्य कुनै पनि साधन लान नपाइने जनाएको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न पाएका मतदातले यस किसिमका कुनै पनि प्रकारका सामाग्री लान नपाइने बताउनुभयो । उहाँले यसबाहेक मतदान गर्न जादा लाइटर, […]