समाचार

रुममा स्वास्थ्य चौकी भवन निर्माण सुरु

विकल्प न्यूज/बेनी असार ३ गते । मालिका गाउँपालिकाको २ नम्बर वडा रुममा स्वास्थ्य चौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण थालिएको छ । संघीय सरकारको विशेष अनुदानबाट प्राप्त भएको बजेटले पालिकाले स्वास्थ्य चौकीको दुईतल्ला भवन निर्माण गर्न लागेको हो । पुरानो र जिर्ण भवनका कारण सेवा प्रवाहमा असहजता भएपछि पालिकाले भवन निर्माणका लागि संघीय सरकार सँग […]

जिसस म्याग्दीको निर्वाचनका लागि मनोनयन दर्ता

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १ गते । असार ५ गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनका लागि नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनका तर्फबाट बुधवार उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले जिसस प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्रीको उम्मेदवारी दर्ता गरएको छ । यसैगरी काँग्रेस र माओवादीको गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले प्रमुखमा मनकुमारी […]

बजेट तथा योजना निर्माणमा जुट्यो बेनी नगर

विकल्प न्यूज/बेनी असार १ गते । बेनी नगरका जनप्रतिनिधिहरु आगमी आर्थिक वर्ष २०७९/८० को बजेट तथा योजना निर्माणमा जुटेका छन् । असार १० गते आयोजना गरिएको नगरसभामा प्रस्तुत हुने नीति कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधिहरुको सक्रियता बढेको छ । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि बेनी नगरपालिका बजेट निर्माणको तयारीमा जुटेको हो । निर्वाचित जनप्रतिनिधिहरुको यो […]

म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा

म्याग्दी, असार १ गते ।   म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो । […]

गण्डकीका झण्डै ३ हजार घरमा विद्युतीकरण बाँकी

विकल्प न्यूज/पोखरा जेठ ३१ गते ।    गण्डकी प्रदेशमा ९९ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । प्रदेशमा अब दुई हजार ८८४ घरधुरीमा मात्र विद्युत् पुर्‍याउन बाँकी रहेको बताइएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पहिलोपटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण विसं २०७८/०७९ का अनुसार अव प्रदेशमा शून्य दशमलव पाँच प्रतिशत घरमा मात्र विद्युत्को […]

रुमको विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना

विकल्प न्यूज\बेनी जेठ ३१  । जिल्लाको मालिका गाउँपालिका २ रुमको राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त भएको रकमले विद्यालयमा प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला स्थापना भएपछि विद्यार्थीहरु हर्षित भएका छन् । विद्यालयलाई प्राप्त भएको मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रमको ७ लाख रुपियाँबाट विज्ञान […]

देवघाटमा तीनमुखे पुल निर्माण गरिने

दमौली, जेठ ३१ गते ।  गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको […]

मालपोतलाई स्थानीय तहमै पुर्‍याइने

३० जेठ, काठमाडौं । सरकारले मालपोतलाई स्थानीय तहमै पुर्‍याउने बताएको छ । मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी छन् । सार्वजनिक जग्गाको संरक्षणमा सरकार दृढ छ रहेको उल्लेख गर्दै उनले थपेकी छन्, ‘मालपोतलाई स्थानीय तहमै पुर्‍याउने गृहकार्य अगाडि […]

पृथ्वीराजमार्गको अवरोध हट्यो, दुईतर्फी सवारी सञ्चालन

तनहुँ, जेठ ३० गते ।  पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी–मुग्लिन खण्डमा सडक भासिएर भएको सवारी अवरोध हटेको छ । अबरोध भएको ठाउँमा सोमबारबाट दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भासिएको ठाउँमा सडक डिभिजन कार्यालय दमौलीले पहरो काटेर सडक फराकिलो बनाएपछि आज दिउँसो ४ः४५ बजेबाट दुवै तर्फ सवारी सञ्चालनमा आएको छ । सवारी साधन […]

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

जेठ ३० गते ।  गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो । सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा […]

दोबिल्ला–पामे सुरुङमार्ग अध्ययन गर्न स्वीकृति

पर्वत, जेठ ३० गते ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लादेखि कास्कीको पोखरा महानगरपालिकास्थित पामेसम्म सुरुङमार्ग निर्माण गरिने भएको […]

केरा खेतीले खबराको गाउँनै ढाक्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ २९ गते । बेनी नगरपालिका २ खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एककरोड रुपियाँ गाउँमा भित्राउने गरेका छन् । यहाँका अधिकांश किसानहरुले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन । खबराको केरा भनेपछि बेनी बजारमा खोसाखोस हुन्छ । केरा खेतीबाट राम्रो आम्दानी हुनथालेपछि अहिले गाउँ नै केरा […]

गोलाप्रथाबाट पर्वतमा जिसस प्रमुख एमालेले पायो

विकल्प न्यूज\पर्वत जेठ २७ गते । जिल्ला समन्वय समिति पर्वतको प्रमुख नेकपा एमालेले पाएको छ । एमाले र गठबन्धनको मत बराबरी भएपछि सहमति अनुसार शुक्रबार गोलाप्रथाबाट प्रमुख टुंगो लगाइएको हो । प्रमुख नेकपा एमालेको भागमा परेको छ भने उपप्रमुख सहित बहुमत सदस्य गठबन्धनको भागमा परेको छ । जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनका बिचमा समान […]

बगरफाँट बस्ती जोगाउन म्याग्दी नदीमा तटबन्ध

२६ जेठ, म्याग्दी। म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका–२ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना अन्तर्गत म्याग्दी नदी किनारामा ग्याबिन जाली लगाउने काम बर्खा सुरु भएपछि बल्ल सुरु भएको छ । हिउँदमा सुरु भएर अहिलेसम्म सम्पन्न भइसक्नुपर्ने नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि तटबन्धको काम बर्खालागेपछि बल्ल सुरु भएको हो । बर्खा सुरु […]

पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

विकल्प न्यूज/काठमाण्डौं जेठ २६ गते । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द […]