समाचार

१५ दिने उद्घोषण कलासम्बन्धी तालिम सकियो

विकल्प न्यूज/बेनी म्याग्दी, असार १४ म्याग्दीको सदरमुकाम बेनीमा १५ दिने उद्घोषण, भाषण कला तथा क्षमता विकास तालिम समापन भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र पवर्तको आयोजना तथा अपाङ्ग संघ म्याग्दीको संयोजनमा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई लक्षित गरी तालिमको आयोजना गरिएबो थियो । तालिमको समापना कार्यक्रमको अवसरमा बोल्दै सहायक प्रजिअ अर्जुन […]

तीन दिनसम्म देशैभर मुसलधारे वर्षा

काठमाडौं, असार १४ गते । मनसुनी वायुको प्रभावले मङ्गलबारदेखि बिहीबारसम्म देशभर मुसलधारे वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार बिहान जारी गरेको विज्ञप्ति अनुसार सातै प्रदेशमा सामान्यदेखि भारी वर्षा हुने जनाएको छ । अविरल वर्षासँगै नदीहरुमा पानीको सतह बढ्ने भएकाले उच्च सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ । साना ठाडो खोलादेखि ठूला […]

सडक हिलाम्मे भएपछि सडकमै रोपाइँ गर्दै रणवाङका स्थानीयहरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी असार १३ गते । जिल्लाको पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण सडक बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्डको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार […]

वार्षिक पुण्य तिथिमा बुबाले अक्षर चिनेको विद्यालयमा सहयोग

विकल्प न्यूज/बेनी असार १३ गते । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबाकिलालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ । पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई रू १० हजार बराबरको पोशाक वितरण गर्नुभएको थियो । आइतबार विद्यालयमा आयोजित एक […]

द्वन्द्वपीडितलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी

विकल्प न्यूज/बेनी असार १३ गते । बेनीमा आइतबार स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, द्वन्द्वपीडितहरुलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ‘यातनापीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस’को सन्दर्भ पारेर द्वन्द्वपीडित अधिकार मञ्च बेनी, म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो । बेनी नगरपालिका र एड्भोकेसी फोरमको सहयोग, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको […]

सुन्तला खेतीले समृद्ध दोसल्ले गाउँ

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका किसानहरु सुन्तला विक्री गरेर वार्षिक रुपमा ५० लाख भन्दा बढी रकम गाउँमा भित्राउने गरेका छन् । परम्परागत खेती मकै,गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरुले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान थालेका हुन । यहाँ रहेका ५० घरपरिवार बसोवास गर्ने गाउँभरी […]

जलजलाले कृषि र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर ल्यायो बजेट (पूर्णपाठसहित)

विकल्प न्यूज/जलजला असार ११ गते । जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । शुक्रबार बसेको १२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले पेश गर्नुभएको बजेट पारित भएको हो । बार्षिक नीति तथा कार्यक्रम र बजेटमा कृषि र शिक्षा क्षेत्रलाई […]

मंगलामा ४२ करोड ३४ लाख बजेट पारित

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९०८० का लागि रु ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल रु ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । चालुतर्फ रु २७ […]

रघुगंगामा ४६ करोड ८६ लाख २५ हजार बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको बजेट छलफल सहित पारित गरिएको […]

धवलागिरीले ल्यायो ४० करोड ४९ लाख ४९ हजारको बजेट

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९०८० को नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित पारित गरिएको छ । गाउँपालिकाको […]

मालिका गाउँपालिकाले सार्वजनिक ग¥यो ४८ करोड १८ लाख ३६ हजारको बजेट

विकल्प न्यूज /बेनी असार १० गते । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो […]

बेनी नगरपालिकाको बजेट ७३ करोड २२ लाख

विकल्प न्यूज/बेनी असार १० गते । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि शुक्रबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिकाले आगमी आवको लागि ७३ करोड २२ लाख रुपैयाँ बराबरको सार्वजनिक गरेको हो । बेनी नगरपालिकाद्वारा आयोजित ११औं […]

अन्नपूर्ण गाउँपालिकाले ल्यायो ४९ करोड ७३ लाखको बजेट

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट गाउँसभाले पारित गरेको हो । गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको आगमी आर्थिक […]

पाँचवर्षमा बदलिएको मुदी

ठाकुरप्रसाद आचार्य/मुदी असार ५ गते । गाउँमा अहिले सडक सुविधा पुगेको छ । गाउँलेहरु अध्यारोबाट उज्यालोमा वस्न पाएका छन् । विद्यालयमा सुविधा सम्पन्न भवनका साथै कम्युटर ल्याब,खेलमैदान र शौचालय बनेका छन् । पर्यटकीय स्थलमा पुग्ने पदमार्ग निर्माण भएका छन् । घरघरमा खानेपानीका धाराहरु बनेका छन् । जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ । दुर्गम […]

घारखोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार ६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगमी मंसिर महिनादेखि व्यापारिक उत्पादन सुुरु गर्ने लक्ष्य सहित आयोजनाले निर्माणलाई तिव्रता दिएको छ । दश महिना अघि ३ हजार ५ मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाले यतिखेर सुरुङ […]