समाचार
अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण
विकल्प न्यूज/बेनी असार ३२ गते । अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा शनिवार बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो । हिँजो र आज गरी दुई दिनसम्म चलेको प्रशिक्षणमा अनेमसंघको […]
सूर्योदय हेर्न बनौगाउँमा पर्यटकको आकर्षण
गलकोट, असार ३० गते । चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ । त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस् उक्त स्थानबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । पर्वतको जलजला गाउँपालिका […]
सामाजिक विकास कार्यालयको बार्षिक समिक्षा
म्याग्दी ३० असार । सामाजिक विकास कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८÷०७९ मा सम्पादन गरेका कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । विहिवार कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुबिच सामाजिक क्षेत्रका समसामयिक सवालहरुको सन्दर्भमा अन्तरक्रिया एवम बार्षिक समिक्षा कार्यक्रम आयोजना गरि कार्यालयबाट भएका गतिविधि र उपलब्धिहरुको बारेमा जानकारी गराएको हो । यस आर्थिक बर्षमा कार्यालयले […]
म्याग्दीमा एकवर्षको अवधिमा १९ किलोमिटर सडक कालोपत्र
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार ३० गते । म्याग्दीमा एकवर्षको अवधिमा विभिन्न योजनाहरु मार्फत गरेर १९ किलोमिटर सडक कालोपत्र भएको छ । चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला सडक आयोजना,पूर्वाधार विकास कार्यालय म्याग्दी र सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले गरेर जिल्ला भित्रका विभिन्न स्थानहरुमा १९ किलोमिटर छ सय ७० मिटर सडक कालोपत्र गरिएको हो । बेनी […]
अवैध क्रसर उद्योगलाई सरोकारवालाको मौन समर्थन !
विकल्प न्यूज/बेनी असार २९ गते । करिब एकवर्ष अगाडि कालीगण्डकी नदी किनारमा दर्ता विनानै सञ्चालन भएको क्रसर उद्योगका वारेमा जिल्लाका सरोकारवाला निकायहरु मौन देखिएका छन् । बेनी–जोमसोम कोरला सडकखण्ड अन्तरगत पर्ने जिल्लाको रघुगंगा गाउँपालिका–२ स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग सञ्चालन गरिएको छ । सदरमुकाम देखि नजिकै रहेको उक्त क्रसर उद्योगका वारेमा […]
मराङ र मल्कबाङलाई जोड्न मराङ खोलामा पक्की पुल
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार २८ गते । म्याग्दीको विकट वस्तीलाई सडक सञ्जालसँग जोड्न अर्कलामा पक्की पुल निर्माण गरिएको छ । धवलागिरि र मालिका गाउँपालिकाको सिमाना स्थित मराङ खोलामा मोटरेवल पुल निर्माण गरिएको हो । पुल निर्माण सम्पन्न भएपछि दुर्गम वस्तीमा यातायात सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ । यतिखेर पुल निर्माण अन्तिमचरणमा पुगेको पूर्वाधार विकास […]
महावीर पुन ‘गण्डकी रत्न सम्मान’ द्वारा विभूषित
पोखरा, चैत २७ गते । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा उहाँलाई सो सम्मानबाट सम्मानित गरेको हो । गण्डकी प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा प्रदेश सरकारले गरेको थियो । त्यतिबेला पुन मुलुक […]
लभ्लीहिलमा पदमार्ग र चौपारी निर्माण(फोटोफिचर)
विकल्प न्यूज/बेनी असार २७ गते । पछिल्लो समय पर्यटकीय स्थलका रुपमा विकास हुनथालेको बेनी नगरपालिका २ लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुनथालेका छन् । वन डिभिजन कार्यालय म्याग्दीद्धारा चालु आर्थिक वर्षमा ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्यपर्यटन कार्यक्रम मार्फत प्राप्त भएको ३ लाख ३६ हजार रुपैयाँको […]
हिमाली जिल्लाको सेवासुविधा दिन सांसद थापाको माग
विकल्प न्यूज/बेनी असार २६ गते । संघीय सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको सुविधा दिन माग गर्नुभएको छ । शुक्रवार प्रतिनिधिसभा वैठकको शुन्य समयमा बोल्दै उहाँले हिमाली जिल्लाको रुपमा सुचीकृत म्याग्दीलाई सोहीअनुसार सेवासुविधा उपलब्ध गराउन माग गर्नुभएको हो । प्रतिनिधिसभा सदस्य थापाले म्याग्दी हिमाली जिल्लाको रुपमा सुचीकृत भए पनि अहिलेसम्म हिमाली जिल्लाले पाउने सेवासुविधाहरु […]
गण्डकी प्रदेशका नमुना सडक अलपत्र
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार २० गते । गण्डकी प्रदेश सरकारले तिनवर्ष अघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना अलपत्र परेका छन् । निर्माण व्यावसायीको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसकेको हो । सडक निर्माण समयमै सम्पन्न हुननसक्दा सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र […]
वन कार्यालयद्धारा विरुवा वितरण शुरु
विकल्प न्यूज/बेनी असार १७ गते । डिभिजन वन कार्यालय म्याग्दीले विहिवार देखि विभिन्न प्रजातीका बिरुवाहरु बितरण शुरु गरेको छ । सर्वसाधारणहरुबाट माग भई आएका फलफूल,जडीवुटी,घाँस र काठ प्रजातीका विरुवाहरु निशुल्क रुपमा वितरण गर्न सुरु गरेको वन कार्यालयले जनाएको छ । विभिन्न प्रजातीका विरुवाहरु गरेर यो वर्ष वन कार्यालयले करिब ६० हजार विरुवा वितरण गर्ने जनाएको […]
वन्यजन्तु पीडितलाई राहत
म्याग्दी, असार १७ गते । वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले चार लाख ६० हजार रुपियाँ राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिनुभयो । […]
मंगलाको बावियाचौरमा हरियाली पार्क
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १६ गते । म्याग्दीको मंगला गाउँपालिकामा हरियाली पार्क निर्माण गरिएको छ । गाउँपालिका केन्द्र बावियाचौरमा चार रोपनी जमिनमा हरियाली पार्क निर्माण गरिएको छ । प्रदेश सरकार र पालिकाको बजेट गरी एक करोड ८ लाख ६७ हजार रुपियाँमा पार्क निर्माण गरिएको हो । चार वर्ष अघि निर्माण सुरु गरिएको पार्क चालु आर्थिक वर्षमा […]
हराउँदै गयो रोपाइँको मौलिकता : सुनिनै छोडे असारे भाका
गलेश्वर, असार १५ गते । ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । […]
दोबावासीको घरघरमा स्वच्छ खानेपानीको सुविधा
विकल्प न्यूज/बेनी असार १५ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका १ दोबा गाउँमा घरघरमा खानेपानीका धारा पुगेपछि स्थानीयवासीहरु खुसी भएका छन् । बर्षौ देखि सफा र स्वच्छ खानेपानीबाट बञ्चित भएका दोबावासी घरघरमा धारा जडान भई पानी आउन थालेपछि खुसी भएका हुन । खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले चार वर्ष अगाडि दोबा खानेपानी योजना सुरु […]