समाचार
ब्राह्मण समाज म्याग्दीको अध्यक्षमा लिलाराम गौतम चयन
विकल्प न्यूज\बेनी भदौं २६ गते । ब्राह्मण समाज नेपाल म्याग्दीको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी, सहसचिव नहकुल ढकाल रहेका छन् । समितिको सदस्यहरूमा मोतिराज गौतम, गोविन्दप्रसाद रिजाल, रामचन्द्र शर्मा,मनोज पौडेल, रेखाकौशल रेग्मी, चिरञ्जीवि आचार्य, निलकण्ठ […]
दिदीबहिनी सहकारीको लगानी ११ करोड ३० लाख
विकल्प न्यूज\बेनी भदौं २६ गते । बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको मसान्त सम्म ११ करोड ३० लाख ६१ हजार सातसय २७ रुपैयाँ लगानी गरेको जनाइएको छ । सहकारीको शनिबार सम्पन्न ११ औं वार्षिक साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष जगत कुमारी खत्रीले सो जानकारी गराउनुभएको हो । […]
दिदीबहिनी सहकारीको नयाँ संचालक समिति चयन
विकल्प न्यूज\बेनी भदौं २६ गते । बेनीमा सञ्चालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको ११ औं साधारणसभाबाट विष्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा अम्विका श्रेष्ठ, सह – सचिवमा कमला जिसी […]
१ लाख १५ हजार म्यादी भर्ना गर्दै नेपाल प्रहरी
काठमाडौं, भदौ २६ गते । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको […]
मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन निर्वाचित
विकल्प न्यूज\बेनी भदौं २५ गते । नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन ’लोकेश’ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको जिल्ला समन्वय समितिको आठौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा खम थापा, सचिव हिराबहादुर पुन, कोषाध्यक्ष विष्णुकुमारी रोका, सह–सचिव रमेश फगामी रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरूमा हिराबहादुर पुन, तिलक पुन, अंकित पुन, मिलन रोका,टंकसरा राना,रामदेवी […]
नेकपा म्याग्दीको नेतृत्वमा उषा घर्ती चयन
विकल्प न्यूज\बेनी भदौं २२ गते । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीको नेतृत्वमा उषा घर्ती मगर चयन हुनुभएको छ । विप्लब नेतृत्वको नेकपा म्याग्दीको बुधवार सम्पन्न चौथो जिल्ला सम्मेलनले घर्तीको नेतृत्वमा २५ सदस्यी जिल्ला कमिटी चयन गरेको हो । साथै अधिवेशनले ७ सदस्यीय सल्लाहकार समिति सर्वसम्मतले निर्वाचित भएका छन् । जिल्ला सम्मेलनबाट चुनिएका अन्य पदाधिकारी, कार्यसमितिको नाम […]
स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा दोस्रो स्थानमा
विकल्प न्यूज/बेनी भदौं २२ गते । स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट स्वास्थ्य कार्यालयहरु मध्ये दोस्रो स्थानमा घोषित भएको छ । आर्थिक बर्ष २०७८/२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न जनस्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाहरु मध्ये स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो । जनस्वास्थ्य सेवाका सुचकहरु साथसाथै […]
बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित
विकल्प न्यूज/बेनी भदौं २२ गते । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८५ सहित प्रथम स्थान हासिल गर्न सफल भएको अस्पताल व्यवस्थापन […]
प्रवासी नेपाली मञ्च मकाउको नयाँ नेतृत्व चयन
विकल्प न्यूज\बेनी भदौै २१ गते । प्रवासी नेपाली मञ्च मकाउको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सेमी भर्चुअल माध्यमबाट संचालन गरिएको अधिवेशनबाट उत्तम गुरुङको अध्यक्षतामा मञ्चको नयाँ कार्य समिति गठन भएको छ । मञ्चको उपाध्यक्षमा चिरञ्जीवि पौडेल, सचिवमा शालिक बगाले मगर, सहसचिवमा रामचन्द्र अर्याल र रोजन लामा चयन हुनुभएको छ । हर्कजंग गुरुङ् आर्थिक बिभाग […]
धवलागिरि गाउँपालिकामा १३ जलविद्युत आयोजना
ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), भदौ १९ गते । म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर […]
गण्डकी प्रदेश स्तरिय भलिबल : महिला भलिबलमा म्याग्दी च्याम्पियन
विकल्प न्यूज\पोखरा भदौं १९ गते । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छन् । पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । लिग खेलमा तनहुँसंग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र […]
नेकपा एकिकृत समाजवादी म्याग्दीले ग¥यो उम्मेदवार सिफारिस
विकल्प न्यूज\बेनी भदौं १८ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी म्याग्दीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी सहित दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका लागि सुवेदी र लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठको नाम सिफारिस गरेको हो । […]
मगर भाषाको संरक्षण गर्न सिंगामा एकमहिने प्रशिक्षण
विकल्प न्यूज\बेनी भदौं १७ गते । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिंगाको सोता, तल्लो बजार र उपल्लो बजार गरी ३ […]
म्याग्दीमा काँग्रेसबाट प्रतिनिधिसभामा तीनजनाको नाम सिफारिस
विकल्प न्यूज\बेनी भदौं १७ गते । आगमी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीले आकांक्षीहरुको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका व्यक्तिहरुको नाम प्रदेश समितिमा […]
म्याग्दीमा काँग्रेसबाट कसले पाउला संघको टिकट ?
विकल्प न्यूज/बेनी भदौं १६ गते । आगमी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीमा उम्मेदवारको चर्चा हुनथालेको छ । केन्द्रमा सत्ता गठबन्धनमा आवद्ध दलहरुकाबीच सिट बाँडफाँडको छलफल चलिरहँदा म्याग्दीमा काँग्रेस भित्र पनि आगमी निर्वाचनका लागि उम्मेदवारका वारेमा छलफल सुरु भएको हो । प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दी […]