समाचार
सत्ता गठबन्धनमा सिट बाँडफाँट: म्याग्दीकाे संघमा माओवादी, प्रदेशमा कांग्रेस
विकल्प न्युज/बेनी असाेज २१ गते । काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । […]
नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे
विकल्प न्युज/बेनी असाेज १९ गते। बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ […]
नवौँ राष्ट्रिय खेलकुद –बेनीमा खेलमैदान तयार
म्याग्दी, असोज १८ गते । म्याग्दीमा नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ । […]
भगवती कोत मन्दिरमा राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !
विकल्प न्युज र बेनी बेनी , १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा सहभागी भगवतीको वख्नेका सचिन केसीले सबैले […]
म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटो/भिडियो)
ठाकुरप्रसाद आचार्य /म्याग्दी असोज १६ गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोतमन्दिरहरुमा फूलपाती भिœयाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाइएको हो […]
लिङ्गेपिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने
कुश्मा, असोज १६ गते। “कस्तो आङ्नै जिरिङ् भो। दशैंमा एकपटक भुइँ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई।”, बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आतिदै ओर्लिनुभएकी कुश्मा बजारकी शर्मिला श्रेष्ठले भन्नुभयो, “बच्चा हुँदा बजारको टोल–टोलमा पिङ हालिन्थ्यो। सबै ठाउँमा पालो लगाएर खेल्न जान्थ्यौँ तर अहिले पिङ हाल्ने जागर कसैले चलाउँदैनन्।” “हाम्रो दशैंमा टीका छैन। […]
जोखिमपूर्ण छ बेनी–जोमसोम सडकको यात्रा
ठाकुरप्रसाद आचार्य\म्याग्दी असोज १ गते । यतिखेर सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । उक्त भाइरल भिडियो हो बेनी –जोमसोम सडक अन्तर्गत रुप्से झरना देखि काभ्रेभीर सडक खण्डको । सेकेन्डभरले ठूलो दुर्घटनाबाट एउटा स्र्कोपियो र पैदलयात्री जोगिए । यक्त भिडियो बुधवारको हो । उक्त स्र्कोपियो जोमसोमबाट बेनी आउँदै थियो । रुप्से नजिक काभ्रेभीर […]
बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दी, भदौ ३० गते । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ […]
बाल दिवसको अवसरमा मदरसाका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण
विकल्प न्यूज\बेनी भदौं २९ गते । सामाजिक विकास कार्यालय म्याग्दीले मुस्मिल बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरी ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । बेनी नगरपालिका–७,मुस्मिल टोलमा रहेको दारुल उलुम नुरे मुहम्मदी मदर्सा प्राविका बालबालिकालाई १० हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको हो । साम्रागी हस्तान्तरण कार्यक्रमको अवसरमा मुस्मिल अगुवा रहमत खानले मुस्लिम समुदायको धार्मिक […]
नवौं राष्ट्रिय खेलकुद ः बेनीमा पहिलोपटक महिला भलिबल प्रतियोगिता हुने
विकल्प न्यूज\बेनी भदौं २९ गते । असोजको अन्तिम हप्ता देखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले बुधवार गण्डकी प्रदेश भित्र खेल हुने स्थलका वारेमा निर्णय गरेको हो । नवौं राष्ट्रिय खेल प्रदेशका ६ जिल्लामा हुने भएको छ । […]
प्रतिनिधिसभा निर्वाचन ः म्याग्दी काँग्रेसको भागमा,को होला उम्मेदवार !
विकल्प न्यूज\बेनी भदौं २९ गते । सत्ता गठबन्धनका दलहरुका बीच सिट बाँडफाँट गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दी नेपाली काँग्रेसको भाग परेको छ । सिट बाँडफाँट कार्यदलमा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीको प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसको मात्र एकल दावी रहेकाले सहमति जुटेको हो । नेपाली काँग्रेस म्याग्दीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारका आकाक्र्षीहरु पार्टी सभापति […]
एक करोडको पुरस्कार महावीर पुनलाई
काठमाडौं, भदौ २८ गते । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ। मङ्गलबार गैर आवासीय नेपाली सङ्घ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रूपियाँको भवन कीर्तिपुर पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा पुरस्कार ग्रहण गर्दै […]
जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राप्रपाको चुनावी एजेण्डा ः अध्यक्ष लिङ्देन
विकल्प न्यूज\बेनी म्याग्दी २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक स्थिरताका लागि संवैधानिक राजसंस्था सहितको जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राप्रपाको आगमी चुनावी एजेण्डा भएको बताउनुभएको छ । मंगलबार बेनीमा राप्रपा म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हिन्दुराष्ट्र सहित अभिभावकीय भूमिकामा राजसंस्था र कार्यकार्य प्रधानमन्त्री जनताबाट निर्वाचित हुने व्यवस्था […]
कालीगण्डकीमा पाइन छाडे शालिग्राम
ठाकुर आचार्य/अमृत पौडेल/ नवीनशिशिर विक/अर्जुन काफ्ले ‘म्याग्दी/बागलुङ/स्याङ्जा, भदौ २८ गते । ‘माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्ति क्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम ?’ राष्ट्रकवि माधव घिमिरेको चर्चित कविता बेनी बजारका ८१ वर्षीय अंगद श्रेष्ठको घरमा रहेको शालिग्राम । श्रेष्ठले करिब ६० वर्ष […]
एमाले म्याग्दी निर्वाचन प्रचारमा जुट्यो, अलमलमा गठबन्धन दलहरु
विकल्प न्यूज\बेनी भदौं २७ गते । म्याग्दीमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले आगमी मंसिरमा हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धनका नेताहरु दिनदिनै सिट वाँडफाँडमा गलफत्ती गरिरहेका छन् । अझै उनीहरुले कुन निर्वाचन क्षेत्र कसको भागमा पर्ने हो कुनै टुंगो लगाउन सकेका छैनन् । केन्द्रमा भागवण्डा नमिलेका […]