म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य /म्याग्दी
असोज १६ गते ।

नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोतमन्दिरहरुमा फूलपाती भिœयाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाइएको हो ।

सदरमुकाम बेनीको बेनी कोत मन्दिर, ज्यामरुककोत, भगवती, ताकम लगायतका ठाउँमा रहेका कोतघरहरुमा शास्त्रीय बिधि अनुसार शक्तिको आरधनाका साथ पूजा गरेर फुलपाती भिœयाइएको जनाइएको छ ।

बेनी स्थित कोतमन्दिरमा बेनी स्थित नेपाली सेनाको गुल्मका सैनीकहरुले ल्याएको फुलपातीलाई बजागाजा सहित बजार परिक्रमा गराई भिœयाइएको थियो ।

संगमचोकमा पुजाआजा गरिनुका साथै फुलपाती भिœयाउने बेलामा सेना र प्रहरीको टोलीले सलामी अर्पण गरेका थिए । विधि अनुसार पुजा आजा गरेर फुलपाती भिœयाईएको बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । फुलपातीलाई बजार परिक्रमा गर्ने क्रममा नेवारी समुदायका युवायुवतीहरुले धिमे बाजा बजाएका थिए । बजारपरिक्रमा कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी,उपप्रमुख ज्योती लामिछाने,प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको थियो ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फुलपाती भिœयाएपछि बढेको छ ।

फुलपातीका दिनदेखि सरकारी कार्यालय बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र भएको छ । सहरी क्षेत्र सुनसान बन्न थालेका छन् । ग्रामीण भेगमा दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङ हाल्न थालीएसंगै दसैँको रौनकता छाएको छ ।