बेनी नगरपालिकाले तयार पा¥यो आफ्नै लोगो

विकल्प न्यूज/बेनी
२५ गते ।

म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो बनाएको छ । दशैं स्थापना दिवसका अवसरमा विहिवार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभएको हो । लोगो सार्वजनिक गर्दै नगरप्रमुख केसीले लोगोमा स्थानीय मौलिकता झल्कीएको बताउनुभयो ।

‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्वृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारालाई समावेश गरिएको नगरपालिकाको लोगोमा नगरको धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक पहिचान झल्कने चित्र राखिएको छ ।

उत्कृष्ट लोगो डिजाइनका लागि नगरपालिकाले यसअघि २५ हजार पुरस्कार सहित सार्वजनिक सूचना प्रकाशित गरेर आह्वान गरेको थियो । खुल्ला प्रतिस्पर्धा मार्फत प्राप्त भएका तीन मध्ये बेनी नगरपालिका–१० का खिमबहादुर खत्रीले पेश गरेको लोगोको डिजाइन छनौट समितिले छनौंट गरेको नगरप्रमुख केसीले बताउनुभयो । खत्री नगरपालिकाका सूचना प्रविधि अधिकृत समेत हुनुहुन्छ ।

पुरस्कार स्वरुप प्राप्त गरेको नगद रकम खत्रीले अपाङ्ग बालबालिकाले पढ्ने स्रोत कक्षालाई उपलब्ध गराउने घोषणा गर्नुभयो । बेनी –५ बगुवाखोलाको बौद्धिक अपाङ्ग र वडा नम्बर ४ सिंगाको बहिरा स्रोत कक्षालाई १२ हजार पाँच सयका दरले सहयोग गर्ने उहाँले बताउनुभयो ।

बेनीको दश वटै वडाको पहिचान झल्कने गरि लोगोको डिजाइन तयार पारेको खत्रीले बताउनुभयो । नगरपालिकाले सरकारी कामकाजका लागि राष्ट्रिय सँगै आफनो लोगो पनि प्रयोगमा ल्याउने प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।

ADV

विसं २०७१ जेठ २५ गते तत्कालीन अर्थुङ्गे, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर र घतान गाविस समावेश गरेर नगरपालिका घोषणा भएकोमा राज्य पुनसंरचनाको क्रममा भकिम्ली र पात्लेखेत गाविसलाई पनि समेटिएको छ ।
यसैगरी स्थापना दिवसका अवसरमा दश वडाका एक/एक विपन्न नागरिकलाई नगद पाँच हजारका दरले आर्थिक सहयोग वितरण गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।

वडा नम्बर १ देखि १० सम्मका क्रमश ः लक्ष्मी नेपाली, गोपाल सार्की, टेकबहादुर सुनार, बुद्धिमाया किसान, कमल बहादुर खत्री, खिमबहादुर नेपाली, पुजा बि.क., ज्ञानमाया श्रेष्ठ, खमबहादुर राई र जालमाया रोकालाई आर्थिक सहयोग गरिएको प्रशासकीय अधिकृत युवराज थापाले बताउनुभयो ।

स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १५ जनप्रतिनिधि, कर्मचारीहरुले रक्तदान समेत गरेका छन् ।

सार्वजनिक भएका एचआइभी सङ्क्रमित दश जनालाई एआरभी औषधि लिन स्वास्थ्य संस्था जान आउने लाग्ने खर्च वापत दश हजार रुपियाँका दरले सहयोग गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।