बेनीबाट पोखराका जाँदै गरेको बस कुस्मामा दुर्घटना हुँदा १८ जना घाइते

विकल्प न्यूज/म्याग्दी
जेठ २२ गते ।

म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदै गरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार दिउसो बेनीको कालिपुल बसपार्कबाट यात्रु लिएर छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुस्मा नजिक दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै प्रहरी र स्थानीयवासीहरुले उद्धार गरेर घाइतेलाई पर्वत अस्पतालमा पु¥याइएको छ । बसमा २३ जना सवार रहेकोमा १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक रविन पाठकले जानकारी दिनुभयो ।


उहाँका अनुसार घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने अन्य चार जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।