ताजा समाचार:
Search

अन्नपूर्ण आधारशिविरमा दौड प्रतियोगिता (फोटोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी
जेठ ७ गते ।

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा दौड प्रतियोगिता गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन शनिबार चारहजार एकसय ९० मिटर उचाईमा रहेको आधारशिविरमा दौड प्रतियोगिताको आयोजना गरेको हो ।

आधारशिविरको पर्यटकीय सम्भाव्यताको खोजी र स्वदेश तथा विदेशमा प्रचारप्रसार गरी सकरात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले दौडप्रतियोगिता आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । एकसय मिटरको दौड प्रतियोगितामा पालिकाका कर्मचारी,जनप्रतिनिधि,पत्रकार र पर्यटन व्यवसायी सहित ३० जनाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा पत्रकार सन्दिप शर्मा रिजाल प्रथम,पालिकाका फिल्ड सहायक यामप्रसाद पुर्जा द्धितीय र प्रभु वैंक पोखरेबगर शाखाका कर्मचारी विष्णुप्रसाद रिमाल तृतीय हुनुभएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

ADV

प्रतियोगिताका प्रथम,द्धितीय र तृतीय हुनेलाई प्रमुख प्रशासकीय अधिकृत सुवेदी, ४ नम्बरका वडाध्यक्ष लोकबहादुर फगामी,८ का खमबहादुर पुन र ७ का मइलन पुर्जाले क्रमशः ३ हजार,दुईहजार,एकहजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

साथै आधारशिविरमै जनप्रतिनिधि र कर्मचारीकाबीच आयोजना गरिएको छेलो हान्ने प्रतियोगितामा पालिकाका कर्मचारी यामप्रसाद पुर्जा पहलमान घोषित हुनुभयो ।