सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा ट्राफिक सप्ताह

विकल्प न्यूज/बेनी
बैशाख २५ गते ।


सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नाराका साथ बेनीमा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सुरु गरिएको छ । सोमबार बेनीमा जनप्रतिनिधि,ट्राफिक प्रहरी,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,विद्यार्थी र व्यवसायीहरुले प्रभातफेरी गरेका थिए ।

सर्वसाधारणहरुलाई ट्राफिक नियम सम्बन्धि जनचेतना जगाउन सप्ताहव्यापी रुपमा कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख राजेन्द्र पौडेलले बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रचार पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, सशस्त्र प्रहरी, विद्यार्थीलाई प्रशिक्षण, साना तथा ठूला सवारीमा स्टिकर टाँस गर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक परीक्षण, ग्रामीण भेगमा सचेतनाका कार्यक्रम गरिने जिल्ला ट्राफिक कार्यालयकाका प्रमुख पौडेलले बताउनुभयो ।