ताजा समाचार:
Search

के.वी एकेडेमीमा ‘फूलबारी भित्ते पत्रिका’ प्रकाशन

विकल्प न्यूज/बेनी
२४ वैशाख ।


पश्चिम म्याग्दीको दरवाङमा अवस्थित के.वी एकेडेमीका विद्यार्थीहरुले ‘फूलबारी’ नामक मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेका छन् ।
विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको पहलमा प्रकाशन भएको उक्त पत्रिकाको आइतवार विद्यालयका प्रधानाध्यापक विमल शर्माले सम्पादकीय वाचन गरी उद्घाटन गर्नुभयो ।

पश्चिम म्याग्दीको शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल के.वी एकेडेमीमा अध्ययनरत चार सय बढी विद्यार्थीहरुको प्रतिभालाई क्रमिक रुपमा उजागर गर्दै लैजाने र उनीहरुलाई रचनात्मक क्रियाकलापमा प्रोत्साहित गर्ने उद्धेश्यले मासिक भित्ते पत्रिका प्रकाशन सुरु गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो ।

विद्यार्थीहरुको पहिलो प्रयास नै उत्कृष्ट भएको बताउँदै प्रधानाध्यापक शर्माले आगामी अंकहरु अझै परिष्कृत र परिमार्जित गर्दै लैजान आग्रह गर्नुभयो । नेपाली र अंग्रेजी भाषामा प्रकाशित पहिलो अंकमा कविता,कथा,सस्मरण,निवन्ध,मुक्तक,गजल गरी १७ वटा रचनाहरु संग्रहित छन् ।
विद्यालयका संचालक÷निर्देशक हिरा पुनले गुणस्तरीय शिक्षाका साथसाथै विद्यार्थीहरुको शारीरिक,मानसिक र व्यक्तित्व विकासका लागि आवश्यक सम्पूर्ण क्रियाकलापहरु विद्यालयले आयोजना गर्ने प्रतिवद्धता जनाउँदै शिक्षक र विद्यार्थीहरुको सामुहिक पहलमा रचनात्मक गतिविधिहरु अगाडी बढाउन आग्रह गर्नुभयो ।

२०६४ सालमा स्थापना भएको विद्यालयबाट पढेर गएका विद्यार्थीहरु अहिले देश विदेशमा व्यवस्थित भविष्य निर्माण गरिरहेका बताउँदै संचालक पुनले विद्यार्थीहरुको व्यक्तित्व विकास र गुणस्तरीय शिक्षामा कुनै किसिमको कमी हुन नदिने प्रतिवद्धता दोहो¥याउनुभयो ।
पत्रिकाको संरक्षकमा विद्यालयका प्रधानाध्यापक विमल शर्मा र सम्पादक मण्डलमा कक्षा ९ का छात्रछात्राहरु रहेका छन् ।