प्रतिष्ठान म्याग्दीको आयोजनामा अन्तरमावि लोकगीत प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी
बैशाख २१ गते ।


रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १५ गते अन्तरमावि एकल लोक गित प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ। गणतन्त्र दिवसको अवसरमा लोक गित क्षेत्रमा लुकेर रहेका प्रतिभा हरुलाई उजागर गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरमावि एकल लोकगीत प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष ध्रुव जिसीले पत्रकार सम्मेलनमा मार्फत जानकारी गराउनुभएको छ ।

सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने प्रतियोगितामा प्रथम, द्धितीइ, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्रले पुरस्कृत गरिने अध्यक्ष जिसीले बताउनुभयो ।

नेपाली लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्न, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लोक संगीतको महत्व बुझाउन, विद्यालयस्तरमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष जिसीले भन्नुभयो । जिल्लाभित्रका पालिका र विद्यालयलाई लोकसंगितमा क्षमतावान विद्यार्थीहरुलाई छनोट गरेर प्रतियोगितामा सहभागि गराउन प्रतिष्ठानले आग्रह गरेको छ ।

कार्यक्रमलाई सफल बनाउन अध्यक्ष जिसीको नेतृत्वमा सात वटा उपसमिति गठन गरिएको छ। प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख रुपैयाँको आय तथा ब्यय हुने प्रतिष्ठानले अनुमान गरेको छ ।

लोकगित प्रतियोगिताबारे जानकारी गराउने कार्यक्रममको अवसरमा प्रतिष्ठानका विदेश विभाग मकाउका सल्लाकार चयन भएका चिरञ्जीवी पौडेललाई संस्थाका अध्यक्ष जिसी, प्रतिष्ठान गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा र पुर्व अध्यक्ष कृष्ण जिसीले सल्लाकारको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रथम उपाध्यक्ष पदम विश्वकर्माले गर्नुभएको थियो ।