ताजा समाचार:
Search

लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीको कार्यालय उद्घाटन

विकल्प न्यूज\बेनी
बैशाख १ गते ।


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्लाकार्य समिति म्याग्दीले कार्यालय स्थापना गरेको छ । नयाँवर्ष २०८०को अवसर पारेर प्रतिस्ठानले कार्यालय संचालन गरेको हो ।

कार्यालयको प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य तथा म्याग्दीका सल्लाहकार धनकुमारी थापाले कार्यालय उद्घाटन गर्नुहुँदै म्याग्दी कलाकारिताको विकासमा संस्थाले काम गर्नुपर्ने बताउनुभयो ।

जिल्लामा पछिल्ला केही वर्ष यता नयाँ प्रतिभावान कलाकारहरुको आगामनले जिल्लाको कलाकारिता क्षेत्रमा आशा पलाएको बताउनुभयो ।
कार्यक्रममा म्याग्दीका संगीतकर्मी पुराना कलाकार संजय श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ । उहाँलाई सोहि कार्यक्रममा सम्मान समेत गरिएको छ ।

त्यसैगरी कार्यक्रममा सल्लाहकार तथा म्याग्दीका पुराना गायक नेत्रबहादुर महत, प्रकाश श्रेष्ठलाइ समेत सम्मान गरिएको थियो । कार्यालय स्थापना र उद्घाटन कार्यक्रम पुर्व अध्यक्ष कृष्ण जिसी, सल््लाहकार, संजय श्रेष्ठ, नेत्र महत, प्रतिष्ठान गण्डकीका पुर्व सदस्य नकुल ढकाल नविनले शुभकामना मन्तब्यब्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बिजुन खत्री र स्वागत प्रथम उपाध्यक्ष एकराज चापागाईंले गर्नु भएको थियो