ताजा समाचार:
Search

मोना बेल्जियमद्धारा क्यूकेनहप पार्कको भ्रमण

धु्रवसागर शर्मा,म्याग्दी
३० चैत,
वैदेशिक रोजगारीका लागि बेल्जियममा रहेका मोना बेल्जियममा आवद्ध रहेका ८५ जना सदस्यहरुले १० अप्रिल २०२३ मा क्यूकेनहप पार्कको भ्रमण गरेका छन् । विदेशमा रहेर पनि आफ्नो जन्मभूमिमा शिक्षा,स्वास्थ्यको विकास, प्राकृतिक प्रकोप,विपन्न र असहायको लागि आर्थिक सहयोग लगाएत विभिन्न परोपकारी कार्यहरुमा संलग्न रहँदै आएको मोना वेल्जियममा आवद्ध म्याग्देलीहरुले क्यूकेनहप पार्कको भ्रमणबाट एकापसमा परिचय र सम्वन्ध विस्तार भएको बताएका छन् ।
प्रतिकुल मौसम भए पनि उल्लेख्य रुपमा भएको सहभागिताले आफू उत्साही भएको मोना वेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरेले बताउनुभयो । यो भ्रमण आपसी सम्वन्ध विस्तार र परेको बेलामा जन्मभूमिको लागि सहयोग जुटाउनका लागि पनि महत्वपूर्ण माध्यम भएको उहाँले जानकारी दिनुभयो । भ्रमणमा सहभागिता जनाउनेहरुलाई अध्यक्ष घिमिरेले धन्यवाद व्यक्त गर्नुभएको थियो । बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दी विद्यालयलाई डिजिटल सामाग्री लगाएत अन्य सहयोग गर्दै आएको छ ।
केही समय पहिले लुलाङको लुलाङ आधारभूत विद्यालयमा रु ५० हजार बराबरको डिजिटल साउण्ड सिस्टम १ थान र सूचना प्रविधिका लागि आवश्यक उच्च गतिको ईन्टरनेट जडानका लागि १ थान वाइफाइ राउटर सहयोग गरेको थियो । यसैगरी (मोना) बेल्जियमले म्याग्दीका एक विरामीको उचारका लागि आर्थिक सहयोग गरेको छ ।
उच्च रक्तचापका कारण टाउकोको शल्यक्रिया गरेका मंगला गाउँपालिका २ हिदीका बेलबहादुर विकलाई रु १ लाख,२ हजार ९ सय आर्थिक सहयोग उपलव्ध गराएको मोना बेल्जियमले जनाएको छ । यसैगरी अन्य ठाउँ र क्षेत्रहरुमा पनि मोना बेल्जियमले आवश्यक सहयोग गर्दै आएको छ ।
Enter

Dhurbasagar

Open photo