एनआईसी एसियाका बेनी शाखाका कर्मचारीमाथि आक्रमण

ठाकुरप्रसाद आचार्य\म्याग्दी
चैत २ गते ।

म्याग्दीको सदरमुकाम बेनी स्थित एनआईसी एसिया बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । विहिवार लगानी उठाउन पर्वतको जलजला गाउँपालिका ३ स्थित पर्वत बेनी पुगेका वैंकका कर्मचारी माथि आक्रणम भएको हो ।

बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको बैंकले जनाएको छ ।
एउटा समूहले ती दुई कर्मचारीमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको हो । घटनालाई लिएर बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्सर्ना गरेको छ ।

पत्र र लगानीको लागी कुरा गर्न पुगेका कर्मचारी माथी सटर लगाएर नियोजितरुपमा कुटपिट गरेको थिए । सापकोटा र आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण भएको कर्मचारीले बताए ।

बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र कर्मचारीको भएको घटनाको बिषयमा भोली बिहान प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बैंर्कश संघ म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाले बताए । पर्वतका डीएसपी मधुसुधन न्यौपानेले घट्नमा संलग्न पर्वतको जलजला गाउँपालिका–२ का ४० वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दैनानुदिन बढिरहेकोप्रति सिबिफिनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग समेत गरेको छ ।
साथै जाजरकोटमा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखला ज्यान लिने गरी घटाइएको सीबीफीनले जनाएको छ ।

सापकोटा र आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाको घोर भत्र्सना गर्दै सीबीफीनले निहीत स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।