ताजा समाचार:
Search

बेनीमा म्याग्दी कप लिग फुटबल प्रतियोगिता सुरू

विकल्प न्यूज\बेनी
चैत १ गते ।

बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि म्याग्दी कप सुपर लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन गर्नुभयो ।

मन्त्री जुग्जालीले खेलकुद क्षेत्रमा पूर्वाधारको अभाव भएको बताउँदै प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको बताउनुभयो । जिल्लाभित्रका अलपत्र योजनामा खेलमैदान समेत छन्,पूर्णता दिन निरन्तर ताकेता गरिरहेको छु’ मन्त्री जुग्जालीले भन्नुभयो ।

अवसरमा बेनी नगरपालिकामा मेयर सुरत केसीले नियमित बजेटबाट खेलकुद क्षेत्रको विकास सम्भव नभएकाले पहुँचबाटै बजेट ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले नगरपालिकाको प्रयासमा सदरमुकाम बेनीको खेलमैदानको काम भइरहेपनि प्रयाप्त बजेट नभएको बताए । सोही अवसरमा प्रमुख जिल्ला अधिकरी तुलसीराम पौडेलले खेलकुद गतिविधिलाई मर्यादित र खेलमैत्री बनाउनुपर्ने बताए । उद्घाटन समारोहमा गण्डकी प्रदेश सांसद हरि भण्डारी, बिमला गौचन, बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायत जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, खेलाडीको उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता म्याग्दी कपका संयोजक बिक्रम सुबेदी, स्वागत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र सञ्चालन पत्रकार कृष्ण जिसीले गरेका थिए । म्याग्दीमा पहिलोपटक सुरु भएको लिग खेल १० दिनसम्म संचालन हुने छ ।

आमन्त्रित म्याग्दी जिल्ला लिग फुटवल प्रतियोगितामा १० क्लवको सहभागिता रहेको म्याग्दी कप ब्यवस्थापन समितिका अध्यक्ष विक्रम सुवेदीले बताए । प्रतियोगितामा समुहबाट विजेता र उपविजेता सेमिफाईनलमा प्रवेश गर्ने छन् ।सेमिफाईनलमा समुह ए को विजेता र समुह वि को उपविजेता र समुह वि को विजेता र समुह ए को उपविजेता विच प्रतिस्पर्धा हुनेछ ।

म्याग्दी कप लिगमा प्रथम हुनेले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्धितिय हुनेले ७० हजारसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

लिग फुटवल प्रतियोगितामा अनुशासित क्लव र उतकृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उतकृष्ट गोलकिप्पर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट युवा खेलाडीलाई ५ हजार रुपैयासहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ ।