मोना बेनी–लभ्लीहिल पदमार्गको सुन्दरताका लागि बृक्षारोपण अभियान

विकल्प न्यूज/बेनी
फागुन ३० गते ।


बेनी नगरपालिका २ खबरा लभ्लीडाँडाका ६५ वर्षीय चन्द्रबहादुर कार्की वृक्षारोपण अभियानमा सक्रिय हुनुहुन्छ । कार्कीले दश वर्षयता निजी लगानीमा बृक्षारोपण अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

सुरुसुरुमा बरपिपलका विरुवा रोप्ने र चौतारा बनाउने गर्नुभएका कार्कीले पछिल्ला ७÷८ वर्ष यता अन्य प्रजातिका विरुवा पनि रोप्न थाल्नुभएको छ । गाउँघरमा अव्यवस्थित तवरले निर्माण भएका सडकले बनजंगल नासिदै गएकाले वातावरण संरक्षणका लागि अभियान सञ्चालन गरेको कार्कीले बताउनुभयो । विभिन्न स्थानहरुमा गरेर एकसय ८ वटा बरपिपलका विरुवा हुर्काने र चौतारा निर्माण गर्ने लक्ष्य कार्कीको छ । कार्की वरपिपलका रोप्न छिमेकी गाउँ पर्वत जलजलाको मल्लाज समेत पुग्नुहुन्छ ।

निजी लगानीमा विभिन्न प्रजातिका विरुवा उत्पादन गरेर सडक वरपर,गाउँघर तथा बनजंगलमा वृक्षारोपण गर्नुका साथै चौतारी बनाउँदै आउनुभएको छ । पछिल्लो समय सडक विस्तारले बरपिपलका विरुवा नासिदै गएपछि कार्कीले बरपिपलका विरुवा रोपण अभियानलाई तिव्रता दिनुभएको छ ।

‘‘२५ वर्षको उमेर देखि गाउँघरमा बरपिपलका विरुवा रोप्ने,चौतारी बनाउने गरेको छु,’’ कार्कीले भन्नुभयो, सडक विस्तारले अहिले बरपिपल नासिदै गएका छन् । वातावरणलाई सन्तुलनमा राख्न र वातवरणीय सौन्र्यदताका लागि पनि मैले बृक्षारोपण अभियान चलाएको हुँ ।’’
मेरो लक्ष्य चौतारा सहित एकसय ८ बटा वरपिपलका विरुवा हुर्काउने हो उहाँले भन्नुभयो ‘‘अहिले सम्म ४०\५० वटा चौतार निर्माण गरिसकेको छु । करिब सोही संख्यामा बरपिपलका विरुवा पनि हुर्किसकेका छन्, अव केही वर्षभित्रमा मेरो लक्ष्य पुरा हुन्छ ।’ रोपेका विरुवाहरु जंगलमा लागेको डढेलोका कारण मर्ने साथै मान्छेहरुले उखालेर फाल्ने गरेको देख्दा दुःख लाग्ने गरेको उहाँले सुनाउनुभयो ।

पछिल्लो एकवर्ष यता कार्कीले पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्गको दायाबायाँमा विभिन्न प्रजातीका फुल,फलफुलका विरुवाका साथै बरपिपल रोप्ने र चौतारी निर्माण अभियान पनि थाल्नुभएको छ ।

ADV

पदमार्गलाई सौन्दर्यता दिन विभिन्न प्रजातिका फूलका विरुवाहरु रोप्न थालेको कार्कीले बताउनुभयो । पदमार्गको दायावाया दुवै तर्फ विरुवा रोप्न थालेको छु कार्कीले भन्नुभयो ‘‘रोपेका विरुवामा दैनिक रुपमा पानी हाल्ने देखि रेखदेख गर्ने गरेको छु ।’’ अहिलेसम्म पदमार्गमा करिब पाँचसय विरुवा रोपिसकेको उहाँले बताउनुभयो । करिब एककिलोमिटर दुरीको पदमार्गमा एकहजार विरुवा रोप्ने कार्कीको लक्ष्य छ ।

कार्कीले भन्नुभयो, ‘‘गत वर्ष रोपेका केही विरुवालाई मान्छेले नै क्षति पु¥याए । राम्रो फुलका विरुवा देखे उखालेर नै लैजान्छन् ।’’ पदमार्गमा कल्की फुल,वरपिपल,आप,लिचि र धुपीका विरुवा रोपण गर्ने उहाँले सुनाउनुभयो ।
सदरमुकाम बेनी आसपासका सडकसँगै आफ्नै गाउँसम्म पुग्ने विभिन्न स्थानमा वरपीपलको बिरुवाका साथै विभिन्न प्रजातिका फलफूलका विरुवा पनि उहाँले लगाउनुभएको छ ।

उहाँका अनुसार सात्लेपानी, भसभसे, लभ्लीहिल, खबरा, ठूलो खबरालगायत छिमेकी गाउँ अर्थुङ्गे,मल्लाज,सिंगा लगायतका ठाउँमा वरपीपल, समी, विभिन्न प्रजातिका फुलका बिरुवा रोपण गर्नुभएको छ । रुखविरुवा रोपण गरेर वातावरण संरक्षण गरेमा धर्म र पुण्य मिल्ने विश्वासका साथ अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।