तालाबन्दीको विरोधमा नेविसंघः तोकिएकै दिन निर्वाचन गर्न माग

विकल्प न्यूज\बेनी
फागुन ३० गते ।

नेकपा निकट अखिल क्रान्तिकारीले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ विरोधमा उत्रिएको छ । निर्वाचनमा भाग लिने र आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीहरुको अधिकारलाई कुण्ठित गर्न खोजिएको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो ।
सोमबार अखिल क्रान्तिकारीले संगठनले संगठन दर्ता र भर्नाका लागि तोकीएको समयअवधीप्रति असहमति जनाउँदै स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो ।

तालाबन्दीका कारण चैत ५ गते तय भएको स्ववीयु निर्वाचनको कार्यतालिका प्रभावित भएको भन्दै नेविसंघले मंगलबार निर्वाचन अधिकृत श्रीधर सुवेदीलाई ज्ञापनपत्र बुझाएको नेविसंघ क्याम्पस इकाई समितिको सभापति सुजता खत्रीले बताउनुभयो ।

निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि षडयन्त्र नेविसंघले शसक्त विरोध गर्दछ खत्रीले भन्नुभयो ‘तोकीएकै समयमा विद्यार्थीले आफ्नो प्रतिनिधि छान्ने अधिकारलाई सुनिश्चित गर्न हाम्रो जोडदार माग छ ।’ अहिले तालाबन्दीका विषयमा छलफल गर्न क्याम्पस व्यवस्थापन समितिको वैठक वसिरहेको छ ।