जिल्ला स्तरीय नृत्य प्रतियोगिताको शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि प्रथम

विकल्प न्यूज/बेनी
फागुन २० गते ।

 

शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय शिक्षक र विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रथम बेनी सामुदायिक मावि बेनी, द्धितीय शिख मावि शिख र तृतीय पाउद्धार मावि पाउद्धारका शिक्षकहरु भएका छन् ।

त्यस्तै विद्यार्थी तर्फ क्रमश प्रकाश मावि, कालिका मावि तिप्ल्याङ र बाल मन्दिर आधारभूत विद्यालय प्रथम,द्धितीय र तृतीय भएका छन् । शिक्षक तर्फ १० र विद्यार्थी तर्फ १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः ५ हजार रुपैयाँ,४ हजार र ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मगर, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, बेनी नगरपालिका शिक्षा शाखाका जयराम सुबेदी र निर्णायक समुहका संयोजक अजयमिलन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थी र शिक्षक मध्ये छनौट गरेर पोखरामा हुने गण्डकी प्रदेशस्तरीय शिक्षक÷ विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा सहभागी गराइने प्रमुख थापा मगरले जानकारी दिनुभयो ।