ताजा समाचार:
Search

बेनीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी
फागुन १२ गते ।

शुक्रबार देखि बेनीमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मंचमा शुक्रबार र शनिबार दुईदिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गर्नुभएको ।

जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौं रनिङशिल्ड प्रतियोगिता गर्न लागिएको हो । खुल्लामञ्चको खेलमैदानमा हुने रनिङ शिल्डमा भलिबल, कबड्डी, कराते र एथलेटिक्समा पालिकास्तरीयबाट सहभागि खेलाडी विद्यार्थीबीच प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पालिकाले क्रमश २० हजार, १५ हजार र १० हजार रुपियाँ सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । जिल्लामा हरेक बर्ष हुने राष्ट्रपति कपले खेल क्षेत्रमा नवप्रतिभावान खेलाडीहरु पहिचान,खेल क्षमताको विकासमा टेवा पुग्ने प्रतिनिधिसभा सदस्य गर्बुजाले विश्वास व्यक्त गनुर््भयो ।

उद्घटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विमला गौचन,जिसस प्रमुख राजकुमार थापा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले शुभकामना व्यक्त गर्नुभयो ।

जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीले फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि हुने अवसर पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

प्रदेशमा म्याग्दी जिल्लाबाट विभिन्न विधाका ८८जना खेलाडी छनौंट हुनेछन् । हरेक पालिकाबाट विभिन्न विद्याका ८० भन्दा बढी विद्यार्थी प्रतियोगितामा सहभागि भएका छन् । प्रतियोगितामा भाग लिन आएका खेलाडी विद्यार्थीहरुले बेनीमा प्रभातफेरी र मार्चपास गरेका थिए ।