ताजा समाचार:
Search

राष्ट्रपतिद्धारा मल्लाजको बराह तालमा निर्मित बराह कुलमन्दिरको उद्घाटन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
फागुन १० गते ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पर्वतको जलजला गाउँपालिका स्थित धार्मिक पर्यटकीय स्थल बराह तालमा आउने हुनुभएको छ । भण्डारीले बराह तालमा निर्माण गरिएको आदि बराह मन्दिरको उद्घाटन गर्नुभएको छ ।  साथै राष्ट्रपति भण्डारीले धार्मिक एवम् पौराणिक महत्वको क्षेत्र हम्पाल कालञ्जरको हेलिकोप्टरबाट अवलोकन गर्नुभएको छ ।

विहान ११.२० बजे राष्ट्रपति भण्डारी हेलिकप्टरबाट जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउनुभएको राष्ट्रपति भण्डारीले बराह तालमा पुननिर्माण गरिएका आदि बराह कुल मन्दिरको अवलोकन समेत गर्नुभयो । भण्डारीका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी लगायत विशिष्ट व्यक्तिहरु आउनुभएको छ ।

पर्यटकीय संभावनायुक्त क्ष्ोत्र बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगमी दिनमा महत्व बढेर जाने अपेक्षा गरिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
बराह तालको बिच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो ।

सोही रूखको फेदीमा रहेको जल बराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् । मन्दिर पुननिर्माणको मुख्यदाता रविन्द्रजंग लामिछनेले २५ लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । मन्दिर निर्माण गर्न करिब डेढकरोड रुपियाँ खर्च भएको जनाइएको छ ।

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन् । गोरखापत्र अनलाइनबाट