ताजा समाचार:
Search

मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन

बाबियाचौर, ४ फागुन ।
शिविरमार्फत मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मंगलबारदेखि मंगला गाउँपालिकामा दर्ता अभियान शिविर संचालन भएको हो ।
मंगला गाउँपालिकाको वडानम्र १, २, ३ र ४ मा फागुन २ गतेदेखि राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ ।
गत माघ १५ गतेदेखि म्याग्दीमा सुरु भएको राष्ट्रिय परिचयपत्र शिविर बेनी नगरपालिकासहित फागुन २ गतेदखि मंगला गाउँपालिका र पागुन ५ गतेदखि मालिका गाउँपालिकामा शिविर संचालन हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूचना जारी गरेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र, विद्यवा तथा विदुरको हकमा श्रीमान/श्रीमतीको मृत्यदर्ता सक्कल, नागरिकता भन्दा फरक ठेगना राख्नुपरेमा बसाईसराईको सक्कल प्रति, सम्वन्ध विच्छेदको सक्कल प्रमाणपत्र लिएर शिविर संचालन भएको वडामा पुग्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको छ । शिविरमार्फत वडावडामा टोली पुगेको छ ।
उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।