ताजा समाचार:
Search

शिला पुगे जानकी मन्दिर–दर्शन गर्नेको भीड

विकल्प न्यूज/बेनी
माघ १५ गते ।

बेनीको गलेश्वरबाट पठाइएको कालिगण्डकीको शिला जनकपुरधाम पु¥याइएको छ । १२ गते विशेष पुजाअजा र शोभायात्रा सहित दुई थान शिला गलेश्वरबाट विदाई गरिएको थियो ।

भारत उतर प्रदेश स्थित अयोध्यामा निर्माणधिन राममन्दिरमा रामललाको मुर्ति बनाउन शिला लैजान लागिएको हो । अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि गलेश्वर स्थित कालिगण्डकी नदीबाट शिला निकालिएको हो ।

देव शिला नामाकरण गरिएको उक्त शिलालाई जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको लागि राखिएको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतोलगायतले पूजा अर्चना गर्नुभएको छ ।

दर्शनको लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भीड लागेको छ । पूजाअर्चना गरि देव शिलालाई यहाँबाट अयोध्या लगिने जनाइएको छ।