राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा म्याग्दीका मीनबहादुर श्रेष्ठ नियुक्त

९ माघ, काठमाडौं । म्याग्दीका बेनी नगरपालिका ४ निवासी मिनबहादुर श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको छ ।

श्रेष्ठले सोमबार प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिनुभयो । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो । श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकका रुपमा काम गरिसक्नुभएको छ ।