ताजा समाचार:
Search

दोहोरिगीत प्रतियोगितामा लोक दोहोरिगीत प्रतिष्ठान म्याग्दी प्रथम

विकल्प न्यूज/बेनी
माघ ७ गते ।

सातौं म्याग्दी महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला लोकदोहोरीगीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति म्याग्दी प्रथम भएको छ ।

शनिबार बेनीको खुल्ला मञ्चमा म्याग्दी सामुदायिक पुस्तकालयको समुह र प्रतिष्ठानकाबीच फाइनल प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रतिष्ठानले १६ सय ४० र पुस्तकालयले १६ सय ३९ अंक प्राप्त गरेको निर्णयक मण्डलका  कृष्ण जिसीले जानकारी दिनुभयो ।

यसैगरी श्रीकृष्ण हार्डवयर बेनी तेस्रो र बानियाँ गहना पसलको समुहले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना भएका समुहले क्रमशः एकलाख एघार हजार एकसय ११, ५५ हजार ५ सय ५५,२५ हजार र १५ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी,प्रदेश सांसद हरि भण्डारी,जिसस प्रमुख राजकुमार थापा,बेनी नगरपालिकाका प्रमुख सुरत केसी म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले विजयी समुहलाई पुरस्कार वितरण गर्नुभएको थियो ।