गायिका एलिना चौहानको प्रस्तुतीमा नाचे म्याग्देली

विकल्प न्यूज\बेनी
पुस २९ गते ।


बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित गायीका एलिना चौहानले दमदार प्रस्तुती दिइन । खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरु चौहानको प्रस्तुतीमा निकै हौसिएर नाचेका थिए । चौहानका साथै प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । चर्चित कलाकारहरुको प्रस्तुती रहेकाले आज खुल्ला मञ्च निकै दर्शकहरुको उपस्थिति थियो ।

त्यसैगरि म्याग्देली मोडल विनु कार्कीले पनि आफ्नो नृत्य प्रस्ुत गरेकी थिइन । फ्रि स्टार डान्स ग्रुपको नृत्य संगै कालरात्री व्याण्ड र डायल ९११ व्याण्डको समेत साँगेतिक प्रस्तुती दिएका थिए । दिउसोको समयमा रत्यौली प्रतियोगिता आयोजना गरिएको थियो ।