ताजा समाचार:
Search

बेनी नगरका प्रमुख केसी डोजर लिएर पुगे अव्यवस्थित संरचना हटाउन कालिपुल (फोटो)

विकल्प न्यूज/बेनी
पुस १५ गते ।

बेनी नगरपालिकाले कालिपुल स्थित बसपार्कमा निर्माण भएका अव्यवस्थित संरचना हटाउन थालेको छ । शुक्रबार बेनी नगरपालिकाका प्रमुख सुरत केसी,वडा नम्बर ८ का अध्यक्ष उत्तम कर्माचार्य सहितको टोलीले वसपार्कमा रहेका अव्यवस्थित घर टहरा हटाउन डोजर लिएर जानुभएको थियो । शुक्रबार वसपार्क स्थित यातायात व्यवसायीले राखेको टिकट काउन्टर डोजर लगाएर भत्काइएको छ । सूचना केन्द्र र ट्राफिक कार्यालयले अतिक्रमण गरेर प्रयोग गरेको भागलाई पनि खाली गरिएको छ ।

बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका घरटहरालाई डोजर लगाएर भत्काउन थालिएको प्रमुख केसीले बताउनुभयो । कालिपुल बसपार्कबाट भत्काउने अभियान सुरु गरेका छौं प्रमुख केसीले भन्न्ुभयो ‘बेनी नगरपालिकाले हिजा दिनहरुमा सडक छेउमा भाडामा दिएर आफैले गरेको अतिक्रमण हटाउन थालेका छौं । बेनीको विरेन्द्रचोक र नगर गेट अगाडिको पुल छेउमा रहेका संरचना खाली गराउन सूचना जारी भइसकेकाले अटेरी गरे आगमी दिनमा ति संरचनामा पनि डोजर लगाउँछौं ।’

वसपार्कमै रहेको एक होटल सञ्चालकलाई ७ दिन भित्र हटाउन निर्देशन गरिएको छ । यदी सात दिन भित्र होटल सञ्चालकले खाली नगरेमा बेनी नगरले डोजर लगाएर भत्काउने वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो ।