लटरम्म पाकेका सुन्तलाले बास्कुना गाउँनै छोपियो (भिडियो)

विकल्प न्यूज/बेनी
पुस ९ गते । म्याग्दीको बेनी नगरपालिका ४ बास्कुना गाउँ यतिखेर सुन्तला पाकेर पहेँलपुर बनेको छ । सुन्तलाको बोटले धान्ने नसक्ने गरी फल लागेको छ । बगानमा यतिखेर व्यापारीहरु सुन्तला खरिद गर्न आएका छन् । किसानलाई सुन्तला टिप्न भ्याइनभ्याई छ । गत वर्ष भन्दा यो वर्ष सुन्तलाको दाना राम्रो लागेकाले सोचेजस्तो आम्दानी हुने किसानहरु बताउँछन् । यो वर्ष बास्कुना,सुर्केमेला र थामडाँडामा गरेर करिब एककरोड रुपियाँ बराबरका सून्ताला विक्री हुने अनुमान गरिएको छ । हेर्नुहोस् भिडियो ।