पाका पुस्तासँग पुख्र्यौली सिक्दै युवा

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मङ्सिर २७ गते ।

पुख्र्यौली नृत्य मगर समुदायमा लोकप्रिय छ । पुख्र्यौलीलाई उनीहरु पहिचानका रुपमा लिने गर्दछन् । पुर्खाहरुले संरक्षण गरेको कलासंस्कृति र पहिचानलाई जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् । मगर समुदायमा निकै लोकप्रिय र सभ्यताका रुपमा लिइएको पुख्र्यौली नाचलाई जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका छन् ।

मगर समुदायको परम्परागत कला संस्कृतिको संरक्षणमा युवा पुस्ता अघि सरेका छन् । परम्परागत मौलिक कला संस्कृति र सीप नयाँ पुस्तालाई सिकाउन पाका पुस्ता पनि तल्लीन छन् । पुख्र्यौली नृत्य र सोरठी गीत आजकल युवा पुस्ताले पनि सिको गरेका छन् । गाउँघरमा आउने पाहुनालाई स्वागत गर्न पुख्र्यौली नृत्य देखाउन युवाहरु अघिसर्दछन् । सयौं वर्ष पुरानो पुख्र्यौली नाच पुस्ताहस्तान्तरण हुँदै आएको मगर संघ म्याग्दीका अध्यक्ष लोकेश पुनमगर बताउँनुहुन्छ ।

हाम्रो परम्परागत मौलिक संस्कृति नै लोप हुन लाग्यो म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका अगुवा क्या. राजु पुनले भन्नुभयो ‘नयाँ पुस्तालाई नसिकाउँदा हाम्रो पहिचान नै मेटिने चिन्ता छ त्यसैले आजकल युवा पुस्तालाई सँगसँगै राखेर पुख्र्यौली नाच नचाउने गरेका छौं ।’
मगर समुदायको सांस्कृतिक पहिचान मानिने पुख्र्यौलीको अस्तित्व बचाउन बुढापाका देखि युवा युस्ताले समेत सक्रियता देखाउन थालेका छन् मगर संघका जिल्ला अध्यक्ष पुनले भन्नुभयो ‘बेलाबखत युवालाई तालिम दिएर सीप सिकाउने गरेका छौं ।’

पुन समुदायले जिल्लाको काफलडाँडामा मंसिरको दोस्रो हप्ता दुईदिनसम्म पाका पुस्तासँगै युवालाई राखेर पुख्र्यौली नृत्य प्रस्तुत गरेका हौं क्या. पुनले भन्नुभयो ‘पछिल्लो समय युवा पुस्तामा कलासंसकृति र पहिचान संरक्षण गर्नुपर्दछ भन्ने सचेतना जागेको छ ।’ ‘हाम्रो मौलिक पहिचानको जगेर्ना गर्न युवा पुस्ताले चासो देखाएका छन् मगरसंघका अध्यक्ष पुनले भन्नुभयो ‘युवाहरुको सक्रियतामा गाउँघरमा पुख्र्यौली नाचको संरक्षण हुनथालेको छ ।’ गाउँघरमा बुढापाकासँगै युवालाई सँगसँगै राखेर पुख्र्यौली नृत्य देखाउन थालिएको छ उहँले भन्नुभयो ‘पाका पुस्ताको देनले पुख्र्यौली जिवित छ यसलाई बचाउनु हाम्रो कर्तव्य हो । आजकलका युवाहरु पनि बाउबाजेसँगै पुख्र्यौली नाच्न थालेका छन् ।’

मगर समुदायमा जन्म, मृत्यु, बिवाह, छेवार र गाउँमा हुने बिषेश सभा समारोहमा परिवेश अनुसार पुख्र्यौली नाच देखाउने चलन रहेको छ । लामो भाका र स्वर निकालेर गाईने गीतको भावमा डुवेर भाङ्ग्रा, कछाड, टोपीको पहिरनमा मादल भिरेर नाचेको दृष्य निकै रोचक हुन्छ । अझ मादलेसंगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषहरुले पुख्र्यौली नाचमा रौनकता थपिन्छ ।

पुख्र्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ । यस्तै रोचक पक्ष र विशेषता भएकाले युवा र बालकहरुलाई पनि पुख्र्यौली जोगाउनुपर्छ भन्ने भावना जागेको राम्चेका रबी पुनले बताउनुभयो ।

पुख्यौली नाच्नका लागि १२ जना पुरुष र सोरठी गाउन पनि त्यतीकै संख्यामा महिलाको आवश्यकता पर्छ । कला र गला भएका धेरै जनशक्ति आवश्यक पर्ने भएकाले कलाकार जुटाउन कठिने हुन्छ । युवक, किशोरहरुलाई तालीमनै दिएर पुख्र्यौली नाच्न सिकाएपछि भने यसका लागि आवश्यक जनशक्ति पुग्न थालेको पाउद्धारका क्या. पुनले बताउनुभयो । साभारः गोरखापत्र अनलाइन