ताजा समाचार:
Search

जेसिज कपको उपाधी शारदा मावि छिस्वाङले जित्यो

विकल्प न्यूज/बेनी
मंसिर २४ गते ।         बेनीमा शनिबार सम्पन्न भएको २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको उपाधी मंगला गाउँपालिका ५ स्थित शारदा मावि छिस्बाङले जितेको छ ।

बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा शारदा माविले बेनीको प्रकाश माविलाई १ विरुद्ध २ गोल गर्दै े जेसिज कप फुटबल प्रतियोगिताको २० औं संस्करणको उपाधी आफ्नो हातमा पार्न सफल भएको हो । जेसिज कपको अहिले सम्मको इतिहासमा बेनी बाहिर उपाधी लैजाने शारदा पहिलो हो ।

विजेता र उपविजेतालाई नगद,प्रमाणपत्र र ट्रफि वितरण गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार दुईसय २२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार दुईसय २२ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा १८ विद्यालय सहभागि भएका थिए ।