म्याग्दीमा कांग्रेसका गर्बुजा जितको नजिक

विकल्प न्यूज/बेनी
मंसिर ७ गते ।

मंसिर ७ गते । म्याग्दीमा जारी प्रतिनिधिसभा तर्फको मतगणना अनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा जितको नजिक पुग्नुभएको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तिनहजार ७ सय ३४ मतअन्तरले पछाडी पार्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको ५ शिखको मतगणना सम्पन्न हुँदा कांग्रेसका गर्बुजाले २२ हजार ७ सय ६२ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार श्रेष्ठ १९ हजार २८ मत प्राप्त गर्नुभएको छ । मतगणना अन्तिम चरणमा आइपुगेको छ । अव अन्नपूर्णका ६ घार सुरु भएको छ भने ७ हिस्तान र ८ राम्चेको मत गणना वाँकी छ । अहिले सम्म ४७ हजार ३८ मत गणना भइसकेको छ । गाणना गर्न वाँकी दुईहजार ८ सय ४ छ ।