ताजा समाचार:
Search

कांग्रेसका गर्बुजा फराकिलो मतान्तरले अघि बढे

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मङ्सिर ७ गते ।

म्याग्दीमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा फराकिलो मतान्तरले अघि वढ्नुभएको छ । गर्बुजाले १९३८३ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६६४७ पाउनुभएको छ । गर्बुजाले २७३६ बढी मतले श्रेष्ठलाई पछाडी पार्नुभएको छ ।

अहिले सम्म धवलागिरि,मालिका,मंगला र बेनीको मतगणना सकिएको छ । रघुगंगाको एक देखि ५ नम्बर वडा सम्मको मतगण सकिएको छ । गर्बुजा रघुगंगावासी भएकाले उहाँले यो पालिकाबाट राम्रो मत प्राप्त गर्नुभएको छ । रघुगंगालाई काँग्रेसको राम्रो संगठन भएको रुपमा लिइन्छ । गणना वाँकी भएका वडा ६ र ७ मा पनि कांग्रेसले राम्रो मत ल्याउने अपेक्षा राखेको छ ।

यसैगरी प्रदेश सभा (ख) मा पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिभण्डारीले अग्रता कायम गर्नुभएको छ । भण्डारीले ८८३४ ल्याउँदा नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर केसीले ७८८१ मत प्राप्त गर्नुभयो । भण्डारीले केसीलाई ९५३ मतले पछाडी पार्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको मत गणना वाँकी छ । प्रतिनिधिसभा तर्फ कांग्रेसका गर्बुजाले ठूलो मतान्तरले अघि बढेकाले मतान्तर घटाउन नेकपा एमालेलाई कठिन देखिएको छ । गठबन्धनमा आवद्ध दलहरुकाबीच इमान्दारिता कायम भएको मतगणनाको परिणामले देखाएको छ । प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन जितको नजिक पुगेको आकल गरिएको छ ।