ताजा समाचार:
Search

धवलागिरि र मालिका गणना गर्दा कांग्रेस ८ सय मतले अग्रता

ठाकुरप्रसाद आचार्य /बेनी
मङ्सिर ६ गते ।

 म्याग्दीमा जारी मतगणना अनुसार मंगलबार दिउसो साढे तिनबजे सम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ५ हजार ५ सय ७० मत प्राप्त गरी कांग्रेसका गर्बुजालाई पछ््याइरहनुभएको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र नं २ को धवलागिरि,मालिका र मंगला गाउँपालिकाको १ नम्बर वडाको मतगणना गर्दा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीले ६ हजार ८ सय १० र नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजाले ६ हजार ७ सय ९३ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभामा जुग्जाली र गर्बुजाको मतअन्तर जम्मा १७ रहेको छ । मंगलाका १,२,४ र ५ नम्बर वडाहरु नेकपा एमालेको गढ भएको मानिन्छ । ३ नम्बर वडा वंरजमा गठबन्धनले एमाले भन्दा धेरै मत पाउने अनुमान छ ।

धवलागिरि र मालिकामा गठबन्धनले प्राप्त गरेको अग्रता एमालेले मंगलामा आएर फर्काउने अनुमान एमालेले गरेको छ । मंगलबार साँझ सम्मको मत परिणामलाई केलाउँदा प्रतिनिधिसभामा गठबन्धन र एमालेकाबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । प्रतिनिधिसभा तर्फ १ र प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार एकसय २० मतदाता रहेकोमा ४९ हजार ८ सय ४२ मत खसेको थियो ।

ADV