ताजा समाचार:
Search

म्याग्दीमा कांग्रेसको सुरुवाती अग्रता

विकल्प न्यूज\बेनी
मंसिर छ गते ।

म्याग्दीमा प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । मतगणनाको सुरुवाती चरणमा वाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) ले सुरुवाती अग्रता लिनुभएको छ । धौलागिरि गाउँपालिका १ गुर्जाको ४ सय ८ मत गणना गर्दा नेपाली काँग्रेसले ३०८ मत प्राप्त गरेको छ ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७७,राष्ट्रिय स्वतन्त्र पार्टीले ८,राप्रपा ३,स्वतन्त्र चील२,पुतली १ र बदर मत ९ रहेको छ । जिल्लाभर ८६१२० मध्ये ५०६२५ मत खसेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट मतगणना सुरु गरिएको छ । अहिले २ नम्बर वडा लुलाङको मतगणना सुरु गरिएको छ ।