बेनीमा हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी पुरा (भिडियो/फोटो)

विकल्प न्यूज/बेनी
असोज २६ गते ।

नवौ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा आयोजना हुने महिला भलिबल र तेक्वान्दो खेलको प्रतियोगिताको तयारी पुरा भएको छ । भाली असोज २७ गते विहिवार देखि खेलको सुरु हुने छ । खेलकुद प्रतियोगताका लागि बेनीको खुल्ला मञ्चलाई सिँगारिएको छ । बजारमा खेलाडी तथा पाहुनाहरुको स्वागतका लागि तुलव्यानर टांगिएको छ । भोली खेल उद्घाटन पूर्व म्याग्दीको विभिन्न जातजातिको कलासंस्कृती र जातिय भेषभूषा प्रर्दशन सहित  खेलाडीहरुको ¥यालीले बजार परिक्रममा गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरु बेनी आइपुगेका छन् । खेलको तयारी सवै पुरा भएको र भोली प्रतियोगिता उद्घाटन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । खेलकुद प्रतियोगितालाई सफल बनाउन म्याग्दीवासीहरुको सकरात्मक सहयोगको अपेक्षा उहाँँले गर्नुभयो । हेर्नुहोस भिडियो