बाल दिवसको अवसरमा मदरसाका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण

विकल्प न्यूज\बेनी
भदौं २९ गते ।


सामाजिक विकास कार्यालय म्याग्दीले मुस्मिल बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरी ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । बेनी नगरपालिका–७,मुस्मिल टोलमा रहेको दारुल उलुम नुरे मुहम्मदी मदर्सा प्राविका बालबालिकालाई १० हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको हो । साम्रागी हस्तान्तरण कार्यक्रमको अवसरमा मुस्मिल अगुवा रहमत खानले मुस्लिम समुदायको धार्मिक आस्था, मूल्य मान्यताका आधारलाई सम्मान गर्न राज्यका निकायले मदर्सा शिक्षालाई थप ब्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधार, शैक्षिक जनशक्ती सहितको ब्यवस्थापनमा समेत थप सहयोग आवश्यक रहेको बताउनुभयो ।

सोही अवसरमा बेनी नगरपालिका शिक्षा शाखाका प्रमुख कमलप्रसाद ढकालले सरकारले मदरसालाई राहत शिक्षक, छात्रवृत्ति र पाठ्यक्रम खरीदका लागि राहत अनुदान उपलब्ध गराउँदै आएको भएपनि प्रयाप्त नभएको बताउनुभयो । शैक्षिक साम्रागी हस्तान्तरणको अवसरमा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले सबै समुदायका बालबालिकालाई कार्यक्रम मार्फत समेट्ने प्रयासमा रहेको बताउनुभयो । सोही अवसरमा मदर्साका उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । सहयोग हस्तान्तरणको अवसरमा मुस्लिम समाज म्याग्दीका कोषाध्यक्ष दाउद खान लगायत मुस्लिम अगुवाहरूको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालन कार्यालयका योजना शाखाका प्रमुख बाबुराम आचार्यले गर्नुभएको थियो । विद्यार्थीको चाप भएपनि मदरसाको भौतिक पूर्वाधार निर्माणमा ठोस योजना र कार्यक्रम नभएकाले विद्यार्थीको पठनपाठनमास समस्या भएको छ । यसबर्ष बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहले ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ बाल दिवस मनाएका छन् ।