दिदीबहिनी सहकारीको नयाँ संचालक समिति चयन

विकल्प न्यूज\बेनी
भदौं २६ गते ।

बेनीमा सञ्चालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको ११ औं साधारणसभाबाट विष्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा अम्विका श्रेष्ठ, सह – सचिवमा कमला जिसी चयन हुनुभएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा जयन्ती रेग्मी सुवेदी, रजनी कर्माचार्य, अञ्जना हमाल केसी, अम्विका ढुङ्गाना, अनुषा श्रेष्ठ, पुष्पा थापा र रञ्जिता भट्टचन चयन भएको सचिव खत्रीले जानकारी दिनुभयो । शारदा शर्मा सुवेदीको संयोजकत्वमा लक्ष्मी भण्डारी कार्की र मेघा रिजाल सदस्य रहेको लेखा समिति गठन भएको छ । त्यस्तै पूर्व अध्यक्ष जमुना आचार्य निर्वतमान अध्यक्ष ज्योति लामिछाने पौडेल र शर्मिला जोशी श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ ।

नवगठित कार्य समितिको पहिलो बैठकले शिक्षा, क्रृण, कर्जा असुली लगायतका उपसमिति गठन गर्ने बताईएको छ । २०६८ सालमा ११५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ८४३ जना शेयर सदस्यहरु रहेका छन । महिलाहरुलाई उद्यम गरि आत्मनिर्भर बनाउन सहकारीले सहुलियत दरमा क्रृण प्रवाह गर्दै आएको छ ।