मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन निर्वाचित

विकल्प न्यूज\बेनी
भदौं २५ गते ।

नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन ’लोकेश’ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको जिल्ला समन्वय समितिको आठौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा खम थापा, सचिव हिराबहादुर पुन, कोषाध्यक्ष विष्णुकुमारी रोका, सह–सचिव रमेश फगामी रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरूमा हिराबहादुर पुन, तिलक पुन, अंकित पुन, मिलन रोका,टंकसरा राना,रामदेवी पुन, निरज शेरपुञ्जा, एकजित रोका, देव राना,लालमायाँ पुर्जा, धन बहादुर रोका, राजेन्द्र जुग्जाली, बिजय घर्ती रहेको उपाध्यक्ष खम थापा मगरले जानकारी दिए ।

नवनिर्वाचत अध्यक्ष पुनले मगर समुदायको प्राचिन सम्भता, कला र संस्कृतिको जर्गेना गर्ने, लोपउन्मुख कला र संस्कृतिको संरक्षणमा विषेश ध्यान दिने बताए । सोही अवसरमा नेपाल मगर विद्यार्थी संघको नवौं अधिवेशनबाट दलबहादुर रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा भरत अर्मजा, सचिव ज्योति पुन, सहसचिव रविना पुन, कोषाध्यक्ष लक्ष्मी पुन रहेको अध्यक्ष रोकाले बताए । कार्यसमितिको सदस्यहरुमा लिला पूर्जा, दिवाना पूर्जा, थ बहादुर पुन, मनु थापा मगर, समिता थापा मगर, जिना पुन मगर, मेघना गर्बुजा, एन्जल पुन, रोशन फगामी, रेश्मीका रोका, सोनी घर्ती, सिन्धु पुन र रेखा पुन रहेका छन् ।

अधिवेशनको सल्लाहकार मनप्रसाद थजालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जनप्रतिनिधिहरुको तर्फबाट मंगला गाउँपालिका वडा नं १ का अध्यक्ष एकजित रोका, विद्यार्थीतर्फबाट दलबहादुर रोकाभात्रृ संगठनको तर्फबाट मगर भुपु सैनिक संघको तर्फबाट थमबहादुर गर्बुजाले मन्तब्य राखेका थिए ।

म्याग्दी मगर जातीहरुको बाहुल्यता हो । यहाँका मगर जातीहरुको आफ्नै परम्परागत संस्कृति, भाषा र भेषभूषा तथा जीवनशैली छ। मगर समुदायका युवक–युवतीहरु पाश्चात्य संस्कृति र जीवन शैलीको प्रभावमा परेका भएपनि मगर समुदायले कला र संस्कृतिको जर्गेनामा निकै सक्रिय छन् ।