नेकपा म्याग्दीको नेतृत्वमा उषा घर्ती चयन

विकल्प न्यूज\बेनी
भदौं २२ गते ।

नेपाल कम्युनिष्ट पार्टी म्याग्दीको नेतृत्वमा उषा घर्ती मगर चयन हुनुभएको छ । विप्लब नेतृत्वको नेकपा म्याग्दीको बुधवार सम्पन्न चौथो जिल्ला सम्मेलनले घर्तीको नेतृत्वमा २५ सदस्यी जिल्ला कमिटी चयन गरेको हो । साथै अधिवेशनले ७ सदस्यीय सल्लाहकार समिति सर्वसम्मतले निर्वाचित भएका छन् ।

जिल्ला सम्मेलनबाट चुनिएका अन्य पदाधिकारी, कार्यसमितिको नाम भने सार्वजनिक गरिएको छैन ।सम्मेलनको केन्द्रिय सदस्य धुब्र घिमिरे ‘विप्लव’ले उदघाटन गर्दै एकिकृत जनक्रान्ति मार्फत देश र जनताको अधिकार स्थापित गर्ने भन्दै संघर्ष गरिरहेको बताउनुभयो । सम्मेलनमा स्याङ्जा र पर्वत इन्चार्ज बिकिरण, पार्टीका नेता धुब्रलाल शर्मा, शिब श्रेष्ठ र लालु किसान लगायत जिल्लाभरबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मेलनको स्वागत मन्तब्य अनेमसंघ केन्द्रिय सदस्य गोमा गर्बुजा, सञ्चालन अबिरलले गर्नुभएको थियो ।