ताजा समाचार:
Search

हाडेभीरमा सुख्खा पहिरो(फोटो)

विकल्प न्यूज/बेनी
भदौं १० गते । बेनी नगरपालिका २ स्थित हाडेभीरमा शुक्रबार सुख्खा पहिरो खसेको छ । पहिरोका कारण बेनी –बागलुङ सडक अवरुद्ध बनेको छ । केही दिनयता यस खुल्ला मञ्च पारिपट्टी निरन्तर पहिरो खसिरहेको छ । दुईदिन अघि पनि पहिरो खसेर दुई जना पैदल यात्री घाईते भएका थिए ।
जोखिम बढेपछि शुक्रवार दिउसो देखि नै सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो । रोक लगाइएको केही बेरमै पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सवारी आवतजावतमा रोक लगाएका कारण कुनै क्षति हुन पाएन । सडक अवरुद्ध हुँदा बागलुङबाट सवारीसाधन खबरामै रोकिएका छन् ।