ताजा समाचार:
Search

म्याग्दीको रुमको हल्लेपानीमा पहिरोले घर परिदा दुईको मृत्यु,तिन वेपत्ता

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन १७ गते ।

म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा २ जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा छोराहरु १३ वर्षको राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
पहिरोमा परेर घरमुली घाम बहादुर विक,उहाँको श्रीमति र सातवर्षीय छोरी वेपत्ता भएको उहाँले बताउनुभयो ।

स्थानीयवासीहरुले पुरिएको घरबाट दुईजनाको सव निकालेको र वेपत्ता भएकाहरुको खोजी भइरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थल तर्फ हिडिसकेको प्रनाउ भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले दुईवटा घर र एक गोठ पनि पुरेको र दुईजना घाईते भएको उहाँले जानकारी दिनुभयो ।