ताजा समाचार:
Search

साउनको पहिलो सोमबार गलेश्वरमा भक्तजनको भीड

विकल्प न्यूज/बेनी
साउन २ गते ।

म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ । आजको साउनको पहिलो सोमबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न भक्तजनाहरु आएका छन् ।

म्याग्दी सँगै कास्की,चितवन,बागलुङ,पर्वत र काठमाण्डौं लगायत क्षेत्रबाट दर्शनका लागि भक्तजन आएका छन् । सफा मौसम भएकाले भक्तजनहरु बढ्न सक्ने अनुमान गरिएको छ । तस्विर कृष्णराज पौडेल