ताजा समाचार:
Search

वन कार्यालयद्धारा विरुवा वितरण शुरु

विकल्प न्यूज/बेनी
असार १७ गते ।

डिभिजन वन कार्यालय म्याग्दीले विहिवार देखि विभिन्न प्रजातीका बिरुवाहरु बितरण शुरु गरेको छ । सर्वसाधारणहरुबाट माग भई आएका फलफूल,जडीवुटी,घाँस र काठ प्रजातीका विरुवाहरु निशुल्क रुपमा वितरण गर्न सुरु गरेको वन कार्यालयले जनाएको छ । विभिन्न प्रजातीका विरुवाहरु गरेर यो वर्ष वन कार्यालयले करिब ६० हजार विरुवा वितरण गर्ने जनाएको छ ।

वन अधिकृत मनोज रानाभाटले दिएको जानकारी अनुसार फलफुलका विरुवा ७९५०,ओखर १०००,घाँस र काठ प्रजातीका विरुव १२ हजार,कल्की,चाप,गुल्महरका विरुवा ५६६७ वटा विरुवा वितरण सुरु गरिएको छ । विरुवा लिन जिल्लाका ६वटै स्थानीय तहका सर्वसाधरणहरु  आएको वन कार्यालयले जनाएको छ ।