ताजा समाचार:
Search

मालिकाको नीति ः “बजारमूखी कृषि, स्वास्थ्य र शिक्षामा दिगो पूर्वाधार–अबको यात्रा युवा स्वरोजगार”

विकल्प न्यूज/बेनी
असार १४ गते ।

पालिका अध्यक्ष वेगप्रसाद गर्बुजाद्धारा प्रस्तुत ः  आ.व. २०७९/८० को लागि श्रीमान् अध्यक्षद्वारा गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम  “बजारमूखी कृषि, स्वास्थ्य र शिक्षामा दिगो पूर्वाधार – अबको यात्रा युवा स्वरोजगार”

मालिका गाउँपालिका, म्याग्दीको यस गरिमामय सदनमा उपस्थितउपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण सभा सदस्यज्यूहरु,

  • सर्वप्रथम स्थानीय सरकार गठन भई आम नागरिकको प्रतिनिधित्व गरी वार्षिक नीति तथा कार्यक्रम घोषणा गर्ने यो हैसियतमा हामीलाई पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका शुत्रधार ज्ञात अज्ञात सहिदहरुप्रतिहार्दिक श्रद्धासुमन अर्पण गर्दछु । साथै लोकतान्त्रिक आन्दोलनमा आ-आफ्नो ठाउँबाट अमूल्य योगदान गर्ने सबै तह र तप्काका नागरिकप्रति उच्च सम्मान प्रकट गर्दछु ।
  • कोभिड १९ को विश्वब्यापी महामारी क्रमश: शिथिल हुँदै गएको परिप्रेक्ष्यमा हामीसँग तीब्रतर विकासका लागि समय आएको महसुस भएको छ । तथापी मालिका गाउँपालिकाको भू-बनोट र वर्षायाममा हुन सक्ने प्राकृतिक प्रकोपबाट नागरिकको जनधनको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्ने भएकोले विकास निर्माणलाई बिपत्तिले प्रभावित गर्न सक्नेमा उत्तिकै सचेत र सजग हुनुपर्ने आवश्यकता छ ।
  • बिगतमा मालिका गाउँपालिकाका जनप्रतिनिधिहरुले विभिन्न सङ्कट र साधन श्रोतको सीमितताका बाबजुद विकास निर्माणका लागि गर्नुभएको योगदानको सम्मान गर्दछु ।स्थानीय तह सदस्य निर्वाचन पश्चात २०७४ मा गठित स्थानीय सरकारले सुरु गरेका विकास निर्माणका कार्यको जगमा आगामी दिनमा अझ मितव्ययीता, पारदर्शीतार औचित्यताका आधारमा स्थानीय सरकार सञ्चालन, विकास निर्माण तथा सुदृढ सेवा प्रवाह गर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।
  • जनआकांक्षा बमोजिम स्थानीय सरकार सञ्चालन गर्ने सन्दर्भमा सम्पूर्ण राजनीतिक दलहरु, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, डाक्टर, इन्जिनियर, समाजसेवी, कृषिविज्ञ, नर्स, विभिन्न पेशा व्यवसायमा संलग्न उद्योगी व्यवसायी, सामाजिकसंघ संस्था, कर्मचारीवर्ग, पत्रकार, सुरक्षाकर्मीलगायत सम्पूर्ण मालिका गाउँपालिकाबासीहरुमाआवश्यक सहयोग, राय र स्वस्थ आलोचनाको लागि हार्दिक अनुरोध गर्दछु ।
  • मालिका गाउँपालिकाकोमानव विकास सूचकांकमा उल्लेखनीय वृद्धि गरी सम्पूर्ण जनसाधारणलाई गुणस्तरीय जीवन जिउने अधिकार र आकांक्षाको प्रत्याभूति गर्ने हाम्रो प्राथमिकतामा सबैको सिर्जनात्मक सहयोग हुनेछ भन्ने विश्वास छ ।

आदरणीय यस सभाका सदस्यज्यूहरु,

अब आ.व. २०७९/८० को नीति तथा कार्यक्रमको श्रोत र आधारहरुपेश गर्दछु ।

 

  • नेपालको संबिधान २०७२ को भावना र प्रावधान, विशेष गरी भाग-३ अन्तर्गतकामौलिक हक र कर्तव्यहरुको कार्यान्वयन तथा भाग ४ अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वकोप्रावधानलाई यस नीति तथा कार्यक्रमको प्रमुख आधार बनाएको छु ।
  • नेपालको दीर्घकालीन सोच २१०० ले लिएका लक्ष्य, पन्ध्रौँ योजनाका लक्ष्य, दिगो विकास लक्ष्य लगायतका राष्ट्रिय लक्ष्यहरुलाई आधार बनाइएको छ ।
  • नेपाल सरकार, गण्डकी प्रदेश सरकारले जारी गरेका निर्णय, परिपत्र एवम् निर्देशिकाहरुको अधिनमा तय गरिएको छ ।
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले निर्दिष्ट गरेको अधिकार क्षेत्र, संविधानको अनुसूची ८ ले तय गरेका एकल अधिकार सूची तथा अनुसूची ९ बमोजिमका साझा अधिकारको आधार ।
  • वैश्विक चासोको विषय बनेको आम मानव जीवनको चुनौती बन्दै गएको जलबायु परिवर्तन, नवीकरणीय उर्जाको प्रयोग तथा जैविक इन्जिनियरिङ मार्फत भू-क्षय, पहिरो लगायतका विपत्ति न्यूनीकरणको आवश्यकता ।
  • लक्ष्य:

आ.व. २०७९/८० मा दिगो पूर्वाधार, प्रतिष्पर्धी शिक्षा, बजारमुखी कृषि, स्वास्थ्य बिमा अभियान, उद्धमशिलता प्रवर्द्धन र जलाधार क्षेत्र नियन्त्रण एवम् संरक्षण गर्ने।

सभाका सदस्यज्यूहरु,

अब म आ.व. २०७९/८० का विषयगत नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु।

  • पूर्वाधार विकास नीति
  • मालिका गाउँपालिका अन्तर्गतका सडकहरुलाई बर्षादको समयमा समेत सञ्चालन गर्ने गरी आवश्यक पुलहरुको मर्मत, नदी नियन्त्रण तथा परम्परागत ज्ञान र सीपको समेत प्रयोग गरी सवल सडक बनाइने छ ।
  • सबै वडा कार्यालयहरुको भवन तथा अन्य पूर्वाधारलाई नागरिकले सहज सेवा प्राप्तिको सुनिश्चितता हुने गरी व्यवस्थापन गरिनेछ ।
  • गाउँपालिकामा सडक मापदण्ड रभवन निर्माण संहिता लागु गर्न नक्सा पास अनिवार्य गराइनेछ।यस अघि निर्माण भएका घरहरुलाई अभिलेखीकरण गर्ने व्यवस्था मिलाइनेछ ।
  • विभिन्न सरकारी तथा गैह्र सरकारी संस्था, परियोजनातथानिजी क्षेत्रसँग साझेदारी गरी पूर्वाधार निर्माणका लागि गाउँपालिकामा समपूरक कोषको व्यवस्था गरी सहलगानी सम्बन्धी कार्यविधि तयार गरिनेछ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त हुने बजेटबाट श्रमिकलाई १०० दिनको रोजगारी सुनिश्चित गर्ने कार्य भएको तर त्यसबाट दिगो काम हुन नसकेको परिप्रेक्ष्यमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पूर्वाधार निर्माणसँग जोड्न गाउँपालिकाको तर्फबाट सिमेन्ट, बालुवा, छड लगायतको Material Cost का लागि बजेट विनियोजन गरिनेछ ।
  • अस्पताल, स्वास्थ्य चौकी, विद्यालय लगायत गाउँपालिकाका सबै वडामा सुरक्षितपूर्वाधार निर्माण गर्दा सबैको सहज पहुँच कायम गराउन बालमैत्री, अपाङ्गमैत्री, महिलामैत्रीर भूकम्प निरोधक संरचना निर्माणलाई अनिवार्य गराइनेछ ।
  • दरबाङ स्वास्थ्य केन्द्रलाई आधारभुत अस्पतालमा स्तरोन्नति गरिनेछ ।
  • सिंचाई पूर्वाधार निर्माणलाई महत्वका साथ अगाडि बढाइनेछ ।
  • सबै वडा कार्यालयहरुमा तीब्र गतिको इन्टरनेटको व्यवस्थापन मार्फत छरितो सेवा प्रवाह सुनिश्चित गरिनेछ ।
  • दरबाङ बस्ती संरक्षण गर्न एवम् नदी नियन्त्रणलाईप्रभावकारी बनाउन एकीकृत पूर्वाधार अन्तर्गत छरछरे हुँदै म्याग्दी खोला किनारबाट सडक निर्माण गर्न विभिन्नव्यक्ति, संघ संस्था तथापरियोजनाहरुसँग सहकार्य गरिनेछ ।
  • सबै उमेर समूहका नागरिकले घुम्ने, बिश्राम गर्ने र रमाउने वातावरण सिर्जना गर्न उपयुक्त स्थानमा कलात्मक थिम पार्क निर्माण गरिनेछ।जसका कारण वाह्य पर्यटक समेत आकर्षित भई स्थानीय बजारमा प्रत्यक्ष लाभ पुग्नेछ।
  • झोलुङ्गे पुलहरुको निर्माण र मर्मत लागयतका कामलाई निरन्तरता दिइनेछ।दर्बाङ बजार शहरी गुरुयोजना तयार गर्न प्रारम्भ गरिनेछ ।
  • आर्थिक विकास नीति
  • कृषिलाई बजारसँग जोड्न गुणस्तरीय उत्पादन वृद्धि, कृषि सडक सुधार, कृषिमा अनुदान लगायतको व्यवस्था गरिनेछ ।
  • समूहमाखेती गर्ने पद्धतिलाई प्रोत्साहन गर्न नवप्रवर्तनकारी एवम् सृजनशील सोचका साथ प्रस्ताव पेश गर्ने र सोही बमोजिमको पूर्वाधार निर्माण गर्ने समूहलाईCounterpart Fund को व्यवस्था गरिनेछ ।
  • कृषि उपज, विशेष गरी फलफूलजन्यउत्पादनलाई उत्पादनको मौसममाशित भण्डारमा भण्डारण गर्ने र बेमौसममा बजार पुर्याई कृषकलेआकर्षक मूल्य प्राप्त गर्ने आधार तयार गर्न आ.व. २०७९/८० माशित भण्डार निर्माण गरिनेछ र उक्त शित भण्डार सञ्चालन तथा व्यवस्थापनका लागि सहकारी वा निजी क्षेत्रसँग सहकार्य गरिनेछ।
  • तरकारी, दुध र मासुको उत्पादन बढाउन तरकारी खेती अभियान, भैसीपालन, बाख्रापालन तथा कुखुरापालनमाआर्थिक तथा प्राविधिक सहयोगको व्यवस्था मिलाइने छ।
  • गाउँपालिका क्षेत्रमा उत्पादन गरिने तरकारी, फलफूल लगायतकाउच्च उत्पादन दिने प्रजातीको विकास गर्न हाइ-टेक नर्सरी निर्माण गरिनेछ ।उक्त नर्सरीलाई क्रमश: श्रोत केन्द्रको रुपमा विकास गरिनेछ ।
  • सतुवा नामक जडिबुटीको बजार मूल्य उच्च रहेको र गाउँपालिकाका विभिन्न वडामाउत्पादन हुन सक्ने भएकोले ‘सतुवा उत्पादन’ का लागि कृषक समूह मार्फत सहलगानी गरिनेछ ।
  • आलु खेतीमा भएको क्षतिबाट मर्कामा परेका किसानलाई आलुको बिउमा अनुदान दिइनेछ ।
  • विभिन्न स्थानको माटो परीक्षण गरी माटोको प्रोफाइल तयार गरिनेछ ।कृषिको पकेट क्षेत्र, जोन र सुपरजोन तोकी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइनेछ ।
  • कृषकहरुलाई तालीम, भ्रमण, प्रविधि हस्तान्तरण र कृषि प्रसार कार्यक्रमलाई प्रभावकारी बनाइनेछ।
  • बाँझो जग्गाको उपयोग, जग्गा चक्लाबन्दी र सामुहिक कृषिको अभ्यास गराइनेछ ।
  • पशुमा कृत्रिम गर्भाधान, घाँसको बिउ वितरण लगायतका कार्यक्रम गरिनेछ ।
  • कृषकको खेतबारी र गोठमा कृषक पाठशाला सँचालन गरिनेछ।
  • गाउँपालिकामा रहेका स्लेट उत्पादन हुने ढुङ्गाखानीहरु सम्बन्धमा अध्ययन गरी व्यावसायिक उत्पादन गर्न आवश्यक कानुनी लगायतका प्रक्रिया अगाडि बढाइनेछ ।
  • वडा नं ४ ओखरबोटस्थित तामाखानी सम्बन्धमा नेपाल सरकारबाट अध्ययन गराई तामा उत्पादनको सम्भाव्यता छिटो सम्पन्न गर्न कार्यदल बनाई अगाडि बढिनेछ ।
  • पर्यटनको सम्भावना बोकेका मालिका धुरी, सोलेडाँडा, देउताभिर गुफा, भाले बास्ने ताल, दहताल, निस्कोट बराह ताल, बिम बराह ताल, गाई खर्क ताल लगायतको प्रवर्द्धनका लागि साझेदारी तथा सहलागानीको आधारमा एकीकृत परियोजना अगाडि बढाइनेछ ।
  • लघु जलविद्युत आयोजनाहरुको नियमित मर्मत सम्भार मार्फत राष्ट्रिय प्रशारण लाइनको भरपर्दो विकल्पका रुपमा सम्बर्द्धन गरिनेछ ।
  • स्थानीय उत्पादनको लागि बजार सुनिश्चित गर्न उत्पादन गरिने बस्तुको उत्पादनमा वृद्धि तथा बजार प्राप्तिका लागि उद्योग बाणिज्य महासंघ लगायतकासंघ संस्था मार्फत सहकार्य गरिनेछ ।
  • व्यवसाय दर्तालाई सहज र पहुँचयोग्य बनाउन घुम्ती शिविर सञ्चालन गरिनेछ ।
  • वार्षिक रुपमा सबैभन्दा बढि व्यवसाय कर तिर्ने व्यक्ति तथा फर्मलाई पुरष्कृत गरिनेछ ।
  • मालिका गाउँपालिकाका कतिपय स्थानमा दरबाङ हुँदै बस्तु खरिद बिक्रि हुने गरेकोमा सडक यातायातका कारण बाग्लुङको बुर्तिवाङ देखितमानखोलाहुँदै सामान खरिद गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न दरबाङ हुदै व्यापार व्यवसाय गर्न सडक स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारसँग पहल गरिनेछ ।
  • सामाजिक विकास
  • सबै सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्न आवश्यक संस्थागत क्षमता विकासका लागि शिक्षक तालीम, प्र.अ. हरुको त्रैमासिक समिक्षा, हरेकविद्यालयमा सूचना प्रविधि व्यवस्थापन लगायतको प्रवन्ध गरिनेछ ।
  • बाल विकास केन्द्रहरुको स्तरोन्नति गर्न आवश्यक बाल विकास सहजकर्ता तालीम, भौतिक पूर्वाधार सुधार तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गराइनेछ ।
  • मालिका गाउँपालिकाको एक मात्र प्राविधिक शिक्षालयलाई अझ प्रतिष्पर्धी बनाई आकर्षक प्राज्ञिक स्थलको रुपमा विकास गर्न छात्रवृत्ति कार्यक्रमको निरन्तरता, विद्यार्थी प्रोत्साहन पुरष्कार आदिको व्यवस्था गरिनेछ । साथै प्राविधिक शिक्षालयलाई उत्पादनसँग जोड्ने, पूर्वाधार विकास गर्ने जस्ता कार्यमा विभिन्न संघ संस्थाहरु मार्फत पहल गरिनेछ ।
  • बिद्यालयको मागको आधारमा स्कुल गार्डेन कार्यक्रम सँन्चालन गरिने छ।
  • विद्यालय दिवा खाजा कार्यक्रममा नेपाल सरकारबाट प्राप्त हुने रकम अत्यन्त न्यून रहेको सन्दर्भमा गाउँपालिकाको तर्फबाट थप बजेट विनियोजन गरिनेछ ।
  • अन्तरविद्यालय स्तरीय प्रतिष्पर्धात्मक कार्यक्रमका साथै शिक्षकहरुको प्रतिष्पर्धात्मक कार्यक्रम समेत सञ्चालन गरिनेछ ।
  • विद्यालय नर्स कार्यक्रम आ.व. २०७९/८० को श्रावण महिना देखि नै सञ्चालनमा ल्याइनेछ । महिनाको दुई दिन विद्यालय प्राविधिकशिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गाउँपालिका भित्र नमूना आवासीय विद्यालय सञ्चालन गर्न तयारी गरिनेछ ।
  • निजी विद्यालयहरुको नियमित अनुगमन, नियमन गरी गुणस्तरीय शिक्षा तथा उपयुक्त पूर्वाधार निर्माण गर्न लगाइनेछ ।
  • अपाङ्गता भएका विद्यार्थीहरुको लागि शैक्षिक सामग्री उपलब्ध गराइनेछ ।अपाङ्ग कृषकहरुलाई अनुदानको व्यवस्था गरिनेछ ।
  • ‘ग’ वर्गको अपाङ्गता परिचयपत्रभएकाव्यक्तिलाई स्वास्थ्य बिमा नि:शुल्क गराइनेछ ।
  • सबै स्वास्थ्य संस्थाहरुमा शौचालय, खानेपानी, सरसफाईको न्यूनतम प्रवन्धको व्यवस्था मिलाइनेछ।
  • सुत्केरी आमा तथा बच्चा पोषण कार्यक्रम, १००० दिनको आमा स्याहार कार्यक्रम, विपन्न सुत्केरी आमा यातायात सुबिधा लगायतका कार्यक्रम सञ्चालन गरी मातृ तथा शिशु स्वास्थ्यको सुनिश्चितता गरिनेछ ।
  • बहुक्षेत्रीय पोषण कार्यक्रमको निरन्तरताका लागि आवश्यक व्यवस्था गरिनेछ ।
  • स्वास्थ्य केन्द्र, चौकी, सामुदायिक स्वास्थ्य एकाई लगायतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुकोप्रोत्साहनका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सामाजिक समावेशीकरण, लैङ्गिकउत्तरदायित्व एवम् विपन्न नागरिक उत्थानमा केन्द्रित रहेर योजना सञ्चालनगरिनेछ।
  • जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच तथा औषधोपचार गर्न आवधिक रुपमा वडा वडामानि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
  • सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन मुहान संरक्षण, सहलागानी, लिफ्टिङमा आधारित खानेपानी आयोजना लगायतको प्रवन्ध गरिनेछ ।
  • फरक क्षमता भएका नागरिकहरुको पहिचान, सूचीकरण र आयमूलक सीपविकासमा कार्यक्रम सञ्चालन गरिनेछ ।
  • परम्परागत पेशा, व्यवसाय जस्तै फलाम सम्बन्धी काम गर्ने आरन संरक्षण, पञ्चे बाजा संरक्षणजस्ता कार्यका लागि अनुदान उपलब्ध गराइनेछ ।
  • विभिन्न जात जातीको भाषा, संस्कृति, कला संरक्षण गर्न आवश्यक कार्यक्रम गरिनेछ ।
  • युवा स्वरोजगार, उद्यमशिलता तथा कृषिमा युवाहरु आकर्षित गर्नको लागी सहुलियत कर्जाको पहुँच बृद्दि गरिनेछ।
  • लागु पदार्थ दुरब्यसनी, लैगिक हिसा लगायत सबै खाले हिसा बिरुद्ध चेतना बृद्धि गरिनेछ।
  • शान्ती, बिकास र समृद्धिको लागि युवा सहभागिता सुनिस्चीत गरिने छ।
  • युवाहरुलाइ खेलकुदमा सहाभागी गराउन बिबिध खेलकुदको आयोजना गरिनेछ।
  • बिपद जोखिम न्यनिकरण,वाताबरण सँरक्षण हिँसा न्युनिकरण, स्वास्थ्य सचेचतनाको लागि युवा स्वयमसेवक परिचालन गरिनेछ।
  • तीन वटै तहको सरकार, गै.स.स. सहकारी र निजि क्षेत्र बिच सहकार्य गरि मालिका गा.पा.मा उद्यमशिलता र रोजगारीको अबसर सृजना गरिनेछ।
  • बैदेशिक रोजगारीमा गएका मालिका गा.पा. भित्रका युवाहरुको अभिलेख ब्यबस्थित गरिने छ।

 

  • वन, वातावरण तथा विपद् व्यवस्थापन नीति
  • भौगोलिक बनावटका कारण पहिरोको उच्च जोखिम रहेको गाउँपालिका क्षेत्रमाविपद् व्यवस्थापन कार्ययोजना तयार गर्ने, विपद् व्यवस्थापन कोष निर्माण, विपद् व्यवस्थापनप्रतिकार्य, उद्धार तथा राहतका लागि सबै संघ संस्थासँगसहकार्य गरिनेछ ।
  • विपद् व्यवस्थापन समिति मार्फत विपद् प्रभावित नागरिक पहिचान गरी आवश्यक राहत हस्तान्तरण गरिनेछ ।
  • जलाधार क्षेत्रको संरक्षण र नियन्त्रण गर्न नदी किनारमा पिपल, स्वामी, बाँस लगायतका बिरुवा रोप्ने तथा भिरालो जमिनमाभू-क्षय न्यूनीकरण गर्न अम्रिसो, नेपियर, सुपर नेपियर, निगालो, विभिन्न प्रजातिका घाँस रोप्न अभियान सञ्चालन गरिनेछ ।
  • खेतीपातीमा परम्परागत ज्ञान र सीपमा आधारित जैविक मल एवम् विषादीको प्रयोगलाई प्रश्रय दिई रासायनिक मल तथा विषादीको प्रयोगलाई निरुत्साहित गरिनेछ ।
  • फोहोरमैला व्यवस्थापन गरी प्रबिधि र मेशिनको प्रयोग गरि कुहिने फोहोरबाटमल उत्पादन तथा अन्य फोहोरको पुनर्प्रयोग, पुनर्चक्रीय प्रयोग तथा विक्री वितरणलाई जोड दिइनेछ ।
  • नवीकरणीय उर्जाको प्रयोगलाई प्रवर्द्धन गर्न अति विपन्न परिवार पहिचान गरी लागत साझेदारीमा इन्डक्सन चुल्हो उपलब्ध गराइनेछ।
  • प्लाष्टिकजन्यर जैबिक फोहोर जलाउँदाहुने वातावरणीय प्रदुषणरोक्नजलाउन प्रतिबन्ध लगाइनेछ।
  • निजि र सार्बजनिक जग्गामा बिरुवा रोप्ने, ग्रामिण सडक लाइ हरित सडक बनाइने छ।
  • जँगल र खेतबारीमा रहेको जडिबुतिको अध्ययन गरि अभिलेकरण, सँकलन,प्रशोधन गरि बजारिकरण गरिनेछ।
  • सुशासन तथा संस्थागत विकास नीति
  • स्थानीय सरकारबाट आम नागरिकले लिने सेवालाई छिटो छरितो, गुणस्तरीय एवम् मितव्ययी बनाउन सबैको राय, सुझाबर सिर्जनात्मक सुधारका उपायलाई सम्बोधन गरिनेछ ।
  • स्थानीय सरकारकोशासकीय व्यवस्था, विकास व्यवस्थापन तथा छरितो र गुनासोरहित सेवा प्रवाहलाई सुनिश्चित गर्न संस्थागत क्षमता विकासलाई जोड दिइनेछ।त्यसका लागि आवश्यक तालीम, अभिमूखीकरण लगायतको प्रवन्ध गरिनेछ ।
  • सेवा प्रवाह सेवाग्राही मैत्री बनाउन प्रत्येक कार्यालयमा नागरिक बडापत्र राख्ने व्यवस्था मिलाइनेछ।
  • सूचनाको हकको कार्यान्वयन गर्न, सबै कर्मचारी तथा जनप्रतिनिधिलाई जवाफदेही बनाउन तथा पारदर्शीता कायम गराउन प्रत्येक कार्यालयमा सूचना अधिकारीकोव्यवस्था, मासिक रुपमा प्रगति प्रतिवेदन सार्वजनिक गर्न सक्रिय खुलासा (Proactive Disclosure) एवम् सेवाग्राहीको गुनासो Real Time मा सम्बोधन गर्न Rapid Grievance Handling Team (RGHT) तत्काल गुनासो सम्बोधन गर्ने समूह गठन गरी सार्वजनिक गरिनेछ ।
  • कम्प्युटरमा काम गर्न नसक्ने कर्मचारीलाई तत्काल कम्प्युटर तालीम लिन लागत सहभागितामा कक्षा सञ्चालन गरिनेछ ।
  • प्रत्येक हप्ताको कार्यालयको कार्य विवरण, कर्मचारीको हाजिरी, बिदा, कार्यालयका समस्या लगायतमाकार्यालय प्रमुख तथा शाखा प्रमुखबाट अनलाइनमा वा भौतिक उपस्थितिमाप्रमुख प्रशासकीय अधिकृत समक्ष अनिवार्य रिपोर्टिङको प्रवन्ध गरिनेछ ।
  • कुनै प्रकारको भ्रष्टाचार, अनियमितता, जालसाझी हुन नदिन बजेट खर्च प्रणालीको समिक्षा गरी कार्यक्रम खर्चहरु नियमन गरिनेछ तथा सार्वजनिक खरिदलाई व्यवस्थित गरिनेछ ।
  • आन्तरिक लेखा परीक्षण प्रणालीलाईव्यवस्थित बनाई बेरुजु न्यूनीकरण गरिनेछ ।
  • गाउँपालिमा सञ्चालन हुने योजनाहरुको काम हुँदा हुँदै प्राविधिक तथा अनुगमन समितिबाट अनुगमन गर्ने व्यवस्था मिलाइनेछ।
  • शाखागत/विषयगत/क्षेत्रगत कार्यक्रममा दोहोरोपना आउन नदिने गरी समन्वयमा रहेर कार्यक्रमहरु छनौट गरिनेछ ।
  • कर तथा गैर कर राजश्व संकलनलाई व्यवस्थित बनाइनेछ ।त्यसका लागि उद्योग बाणिज्य संघको संस्थागत क्षमता विकासमासहयोग गरिनेछ ।

आदरणीय सभाका सदस्यज्यूहरु,

 

मालिका गाउँपालिकाकोविकासमार्फत आम नागरिकको जीवनलाई सुविधायुक्त र गुणस्तरीय बनाउन उल्लिखित नीति तथा कार्यक्रमहरु सहयोगी हुनेछन् नभन्ने अपेक्षा गरेको छु ।गाउँपालिकाको विकास सबैको सहकार्य, उदारर सकारात्मक सोच र योगदानबाट हुने हुँदा आम नागरिक, राजनीतिक दल, बुद्धिजिबी, प्राध्यापक, कर्मचारी, पत्रकारलगायत सबैमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सहयोगको लागि अनुरोध गर्दछु ।

असार १० गतेको गाउँसभाबाट पारित नीति तथा कार्यक्रम