रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी
जेठ ११ गते ।

रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका हुन् ।
रघुगंगामा महिलातर्फ ४ र दलित वा अल्पसंख्यकबाट दुई जना कार्यपालिका सदस्य निर्वाचित हुदैछन् । महिला कार्यपालिका सदस्यका लागि नेकपा एमालेका आईती दर्जी, उमादेवी केसी, रसिला परियार जयन्ती मल्ल भण्डारी, कांग्रेसकी कुमारी पुर्जा गर्वुजा, धनमाया गोतामे, प्रिति गर्वुजा र सोमिता पुनले मनोनयन दर्ता गर्नुभएको छ ।

अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा एमालेका कल्पना परियार, फुलकुमारी दमाई, कांग्रेसका रिमबहादुर बिक, सम्झना परियार र नेकपा माओवादी केन्द्रका होमबहादुर दर्जीले मनोनयन दर्ता गर्नुभएको छ ।

रघुगंगामा नेपाली कांग्रेसका अध्यक्ष, उपाध्यक्ष र पाचँ जना वडाअध्यक्ष सहित २७ जना मतदातासहित बहुमतमा छ भने नेकपा एमालेको तीन वडाअध्यक्षहित १५ जना मतदाता छन् ।